Tuesday 20th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

ब्यक्तिगत चन्दा लिइ कसैको आग्रह – पुर्वाग्रह र अपारदर्शी तरिकाले २०-२२ लाख सहयोग गर्यो भनेको कुरा लाई स्विकार्न सकिन्न : अध्यक्ष, मेलुङ गा. पा.

Wednesday, April 29, 2020 National Power

Chairman : Nar Bd.Shrestha

                Chairman : Nar Bd.Shrestha 

काठमाण्डौ – देश यतिबेला देशभर लकडाउनमा छ।यसै बिच काठमाडौ अलपत्र रहेका दोलखा जिल्ला स्थायी घर भएका नागरिकहरुलाई उद्दार गर्ने उदेश्य का साथ जिल्लाका स्थानीय तह, सांसद , नेता लगायत विविध ब्यक्तीको पहलमा लकडाउन बिच यही बैशाख ८ र ९ गते अलपत्र मजदुर, जेष्ठ नागरिक , महिला तथा बालबालिकाहरुलाई जिल्ला भित्राइएको थियो ।

दोलखाको मेलुङ गाउँपालिकाले सबैभन्दा पहिला आफ्नो नागरिकहरुलाई सुरक्षाको साथमा गाउँ घरमा पुर्याउने नमुना कार्य गर्ने देशकै पहिलो गाउँपालिका हो र त्यसपछी अन्य स्थानिय निकायहरुले समेत मेलुङ गाउँपालिका कै सिको गरेका छन।

स्थानीय तह मार्फत आफ्ना नागरिकहरुलाई आफ्नो स्थायी बसोबास गर्ने ठाउँ सम्म उद्दार गर्ने उदेश्यले मेलुङ गाउँपालिकाले नेकपाका नेता शंकर लामालाई आफ्ना गाउँपालिकाका जनताहरुलाई आफ्नो घर सम्म ल्याउन सहजीकरण गर्नका निमित्त जिम्मेवारी दिएको थियो र गाउँपालीका सङ्ग समन्वय गरि अलपत्र रहेका नागरिक लाई उद्दार गर्ने उदेश्य का साथ योजना पनि भएको थियो।

काठमाडौमा अलपत्र परेका मेलुङ गाउँपालीका जनताहरुलाई स्थानिय बिदुर शर्माले २० लाख खर्च गरि उद्धार गरेको खबर केहि दिन देखि संचार माध्याम फैलिएको छ। उता गाउँपालिका लाई शो बिषयमा जानकारी समेत पनि नभएको गाउँपालीका अध्यक्ष नर बहादुर श्रेष्ठले बताएका छ्न ।

केही संचार माध्यमहरुमा आएको यस्तो खबर प्रति ध्यानाकर्षण भएको भन्दै गाउँपालिकाले सार्बजनिक सुचना मार्फत आफ्नो गाउँपालिका नागरिकहरुलाई विभिन्न ठाउँहरुबाट ल्याइदिएका यातायात ब्यबसायीहरु वा मजदुर हरुलाइ ब्लुबुक र चालक अनुपतीपत्र लिई भुक्तानीका लागि गाउँपालिकामा सम्पर्कका लागि आह्वान समेत गरेको छ ।

२० लाख सहयोगको खास कुरा केहो त ?

२० लाख सहयोगको सन्दर्भमा र जनताहरुको उद्धारका बारेमा आएका समाचार को थप जानकारीको लागी टेलिफोन मार्फत गाउँपालिका अध्यक्ष नर ब. श्रेष्ठलाई हामीले प्रश्न गरेका थियौ।

श्रेष्ठका अनुसार , “गाउँपालिका मार्फत बैशाख ८ र ९ मा स्थानिय नागरिकहरुलाई ल्याउन नेता शंकर लामालाई जिम्मा दिएका थियौं तर पनि नेता लामाले गाउँपालिकाले केही पनि सहयोग नगरेको आरोप लगाउनु भएछ ”

२०७६ चैत्र २७ मा बसेको भेलाले पालिकाको लागि तत्काल कसैसँग चन्दा नमाग्न र कसैले राहत बितरण नगर्न र नगराउने निर्णय गरेको कुरा उल्लेख गर्दै कोहि कसैसंग ब्यक्तिगत चन्दा उठाइ प्रदेश सरकार, स्थानीय तहमाथी भरोसा नराखी वा जानकारी नदिइ उक्त निर्णय समेत उल्लंघन गरेको एकद्वार प्रणालीद्वारा बितरण गर्ने सरकारको आदेश पनि उलंघन भएको समेत गा.पा अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

नेता लामाले पालिकाले सहयोग नगरेको भन्दै ब्यक्तिगत चन्दा लिइ कसैको आग्रह – पुर्वाग्रह र अपारदर्शी तरिकाले २०-२२ लाख सहयोग गर्यो भनेको कुरा लाई स्विकार्न सकिन्न र सहयोग गरिएको भन्ने ब्यक्ति को हुन ? त्यो पैसा कुन श्रोत बाट आएको हो ? मैले ती बिदुर शर्मा भन्ने ब्यक्ति मैले चिनेको छैन, नेता लामाले गाउँपालिका र प्रदेशले केही नगर्ने र एउटै ब्यक्ती वा ब्यक्तिगत रुपमा लिएको चन्दानै सबै हो भन्नू उचित नरहेको बताउनु भयो।

आफ्नु गाउँपालीकाका वडाध्यक्षहरु, सदस्यहरु, स्थानीय समाजसेवी र आफू स्वयंम दिनरात नभनी आफ्नु जनताहरुको राहत र उद्धारकोलागी लागि परेको तर संचार माध्यमहरुबाट यसको गलत प्रचार प्रसार भएको छ ।

मेलुङ गाउँपालिकाले कुनै ब्यक्ति वा संस्थाहरुबाट सहयोग र सहकार्य नभएको र शो सम्बन्धि आफुलाई जानकारी नभएको भन्दै अध्यक्ष श्रेष्ठले भने “मेरो गाउँपालिकाको जनताको निमित्त आफु जस्तोसुकै परिस्थितिमा पछि नहट्ने बिकासको काम पछि राखेर भएपनि यो बिपत्तिमा सबैलाई उद्धार गर्ने समेत बताएका छ्न। हामीले हाम्रा गाउँपालीका भित्रका जनताहरुको उद्धारमा प्रयोग भएको एबम खटिएका बस र चालकहरुले आफ्नो चालक अनुमती पत्र र सवारी साधनको ब्लु बुकको साथ गाउँपालीकामा सम्पर्क गरि आफ्नो सवारीको भाडा भुक्तानी लागि सार्बजनिक सुचना जारी गरेको समेत जानकारी अध्यक्ष श्रेष्ठले दिएका छन ।

#प्रबिण#