Tuesday 3rd March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

योग्यराजद्धारा हेटौंडामा ५२ घरपरिवारलाई खाद्यान्न वितरण

Friday, April 24, 2020 Devil Singh Rajput

लकडाउनको अवधिमा दैनिक गुजारा चलाउन गाह्रो परेको परिवारलाई खाद्यान्न वितरण गरिएको छ । युवा व्यवसायी तथा आइएमई लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर योग्यराज सापकोटाले हेटौंडाका विभिन्न वडामा ६६ हजार बराबरको खाद्यान्न सहयोग गरेका छन्, ।

हेटौंडामा दैनिक ज्यालादारी गर्ने मजदुरका ५२ घरपरिवारलाई खाद्यान्न सहयोग गरेको सापकोटाले बताए । विपद्को समयमा हाम्रो पनि सामाजिक उत्तरदायित्व रहने भएकाले सहयोग गरेको उनको भनाइ रहेको छ । वडामा विभिन्न मानिसहरुको पहलमा आफुले खाद्यान्न सहयोग गरेको उनले बताए ।

हेटौंडा ४ को कर्राका ६ जना, फरेष्ट्री गेटका ४ जना, कमलडाँडाका ३ जना र अजरअमररोडका १ जना, हेटौंडा ५को पिप्लेका ७ जना, भैरवरोडका १ जना, सिचाईटोलका १ जना सानोपोखराका १, मास्टरचोकका १ जना, हेटौंडा १० को बसपार्कका ४ जना, नारायाणी मलनिरका १ जनालाई खाद्यान्न सहयोग गरिएको थियो ।

त्यस्तै, हेटौंडा १ को स्वर्गलोकका ४ जना,चाइनाक्वाटरका ४ जना, चौकीटोलका १ जना, हेटौंडा ९ को लामसुरेका ५ जना, कर्राका ५ जना, दुर्गामन्दिरका १ जना, हेटौंडा १३ वनस्पतीका २ जनालाई खाद्यान्न वितरण गरिएको छ ।