Tuesday 13th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

अन्तत: स्वास्थ्य सेवा विभागले गर्यो तीनवटा निजी संस्थासँग स्वास्थ्य उपकरण खरिद सम्झौता

Friday, April 17, 2020 National Power

काठमाडौँ – अन्त्तत:  स्वास्थ्य सेवा विभागले तीनवटा संस्थासँग २९ करोड मूल्य बराबरका स्वास्थ्य उपकरण खरिद गर्न सम्झौता गरेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठका अनुसार तत्काल चाहिने स्वास्थ्य उपकरणहरु खरिद गर्नका लागि नेपालकै निजी संस्थासँग सम्झौता गरिएको हो ।
विभागले बिहीबार ओम सर्जिकल, लुम्बिनी हेल्थ केयर र हाम्रो मेडी कन्सर्न नामक निजी संस्थासँग स्वास्थ्य उपकरण खरिद गर्ने सम्झौता गरेको छ । यसअघि स्वास्थ्य सेवा विभागले चैत २५ गते टेण्डर आह्वान गर्दै तत्काल आवश्यक केही स्वास्थ्य उपकरणहरु खरिद गर्न लागेको थियो ।

विभागले ५ दिन अर्थात् चैत २० गतेसम्मको समय दिएर टेण्डर भर्न आह्वान गरेको थियो । आइतबार टेण्डरको समय सकिएको भए पनि विभागले बिहीबार मात्रै तीनवटा संस्थासँग स्वास्थ्य उपकरण खरिद गर्ने सम्झौता गरेको हो ।

विभागले कोरोना संक्रमणका बिरामीको उपचारमा संलग्नका लागि आवश्यक पीपीई, पञ्जा, चस्मा, सुज कभर, फेस कभर लगायतका तत्काल आवश्यक स्वास्थ्य उपकरण खरिद गर्न लागेको हो ।

यसअघि मन्त्रीपरिषद् बैठकले स्वास्थ्य उपकरण खरिद गर्ने जिम्मा नेपाली सेनालाई दिएको थियो । सरकारले त्यसअघि ओम्नी समूहसँग गरिएको खरिद सम्झौता विवादमा आई भङ्ग भएलगत्तै सरकारले जिटुजी प्रक्रियामार्फत् स्वास्थ्य उपकरण खरिद गर्ने र त्यसको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो ।

बढीमा दुई साता अर्थात् वैशाख १८ गतेभित्र नै सम्पूर्ण स्वास्थ्य उपकरण उपलब्ध गराइसक्ने गरी विभागले सम्झौता गरेको छ । शुक्रबार मात्रै पनि विभिन्न स्वास्थ्य उपकरणहरु नेपाल आएको छ । तर उक्त स्वास्थ्य उपकरण नेपाल सरकारलाई दिने स्वास्थ्य उपकरण छ कि छैन भनेर जानकारी नआएको विभागले जनाएको छ ।