Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

इप्रका बनेपा प्रमुख तिमील्सिनाको नेतृत्वमा ‘लकडाउन’ उल्लंघन गरी हिड्ने ८४ जना नियन्त्रणमा

Friday, April 10, 2020 National Power

काभ्रेपलान्चोक – बनेपाको विभिन्न ठाँउमा लकडाउनको उलघंन गरी हिडेका ८४ जनालाई ईलाका प्रहरी कार्यलय बनेपाका प्रमुख योगेन्द्र तिमल्सिनाको नेतृत्वमा नियन्त्रणमा लिएर ती ब्यक्तीहरुलाई कार्वाही गरिएको छ ।

बनेपा नगरपालिकाको बजार एरीयामा बिना काम लकडाउन उल्लंघन गरी हिड्ने ७९ जना पुरुष र ५ जना महिला इलाका प्रहरी कार्यलय बनेपाले नियन्त्रणमा लिई बनेपा नगरपालिका स्थित पुलबजारमा रहेको बनेपा फुटसलमा (COVID-19) कोरोना भाईरस सम्बन्धी सचेतनामुलक अनुशिक्षण दिई २ घण्टा पश्चात छोड्ने प्रमुख तिमील्सिनाले बताए ।

नेपाल सरकारले अति आवश्यक काम बाहेक कोहि पनि घर बाट बाहिर ननिसक्न आदेश जारी गरेको थियो । कोरोना भाइरस रोकथामको लागि नेपाल सरकारले देश लाई नै लकडाउन लगाएको बेलामा अनावश्यक हिडढुल गरि लकडाउनको उलंघन गर्नहरु लाई प्रहरीले नियन्त्रणमा लिएर कार्वाही गरेको हो ।