काभ्रेपलान्चोक – बनेपा नेपाली सिने जगतका एक नायक हुन दिनेश केसी । उनिअहिले पशुपति क्षेत्र आसपास नै बसोबास गर्छन् । दुःख पाएको अनाथ बालबालिका र बृद्ध आमा बाबुहरु लाई निशुल्क खाना खुवाएका छ्न ।
कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर सरकारले लकडाउन गरेको हो । यतिबेला बाहिर निस्किनु आफैमा जोखिम पनि छ । तर, केसीले त्यसमा उपाय लगाउँदै विपन्नको सेवामा जुटिरहेका छन् । दिनमा दुइ सय जना भन्दा बढीलाई उनले खुवाएका छन् ।
झण्डै आधा दर्जन फिल्ममा उनले नायकको अभिनय गरेका छन् । उनले आफू आसपासको क्षेत्रमा विपन्न वर्गका मानिसले यो बेला पाएको दुख प्रत्यक्ष देखे । मनले मानेन र शनिवारदेखि हरेक दिन उनीहरुलाई एक समय खाना खुवाउने गरेका छ्न ।
मध्यान्हतिर नायक केसी भिमसेन गोला नजिकै पुलको आसपास, पुरानोबानेश्वरको विजय चोक, ग्लोबल कलेज नजिकै दैनिक ज्यालादारी गरेर जीविका चलाउने मान्छेलाई खाना खुवाउने अभियानको नेतृत्व गर्दै पुगेका हुन्छन् ।
काभ्रे लगायतका जिल्लामा विक्रि, बजार नभएर दूघ पोखिएको समाचार उनले पढे यो बीचमा । ती ठाउँमा सम्पर्क गर्ने र सस्तोमा दूध ल्याएर पशुपति वृद्धाश्रमका आमा, बुबा र अन्य टहरामा गुजारा चलाउनेहरुलाई वितरण गर्ने लक्ष्य पनि उनको छ ।