Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

निशुल्क खाना खुवाउँदै नायक

Tuesday, April 7, 2020 National Power

 

काभ्रेपलान्चोक – बनेपा नेपाली सिने जगतका एक नायक हुन दिनेश केसी । उनिअहिले पशुपति क्षेत्र आसपास नै बसोबास गर्छन् । दुःख पाएको अनाथ बालबालिका र बृद्ध आमा बाबुहरु लाई निशुल्क खाना खुवाएका छ्न ।

कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर सरकारले लकडाउन गरेको हो । यतिबेला बाहिर निस्किनु आफैमा जोखिम पनि छ । तर, केसीले त्यसमा उपाय लगाउँदै विपन्नको सेवामा जुटिरहेका छन् । दिनमा दुइ सय जना भन्दा बढीलाई उनले खुवाएका छन् ।

झण्डै आधा दर्जन फिल्ममा उनले नायकको अभिनय गरेका छन् । उनले आफू आसपासको क्षेत्रमा विपन्न वर्गका मानिसले यो बेला पाएको दुख प्रत्यक्ष देखे । मनले मानेन र शनिवारदेखि हरेक दिन उनीहरुलाई एक समय खाना खुवाउने गरेका छ्न ।

मध्यान्हतिर नायक केसी भिमसेन गोला नजिकै पुलको आसपास, पुरानोबानेश्वरको विजय चोक, ग्लोबल कलेज नजिकै दैनिक ज्यालादारी गरेर जीविका चलाउने मान्छेलाई खाना खुवाउने अभियानको नेतृत्व गर्दै पुगेका हुन्छन् ।

 

काभ्रे लगायतका जिल्लामा विक्रि, बजार नभएर दूघ पोखिएको समाचार उनले पढे यो बीचमा । ती ठाउँमा सम्पर्क गर्ने र सस्तोमा दूध ल्याएर पशुपति वृद्धाश्रमका आमा, बुबा र अन्य टहरामा गुजारा चलाउनेहरुलाई वितरण गर्ने लक्ष्य पनि उनको छ ।