Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

काभ्रेमा गाउँपालिका अध्यक्षले नै गरे लकडाउनको उलंघन

Sunday, April 5, 2020 National Power

काभ्रे (बेथानचोक) – कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको ‘लकडाउन’ जनप्रतिनिधिबाटै उल्लंघन भएको छ । जिल्लाको बेथानचोक गाउँपालिका प्रमुख प्रेम बहादुर तिमिल्सिनाबाट ‘लकडाउन’को समयमा चरम लापरवाही भएको स्रोतले बताएको छ ।

स्रोतका अनुसार गाउँपालिकाका अध्यक्ष तिमिल्सिनाले आफ्नो घर बनाउन भन्दै निमार्ण सामाग्री ओसारपसार गरिरहेका छन् । पालिकाको वडा नं ३ का अध्यक्ष दिल बहादुर श्रेष्ठको गाडीमा आज बिहान बालुवा ल्याएको हो । बालुवा गाउँपालिकाको वडा नं ५ च्याल्टीबाट ल्याइएको बताइएको छ ।

हिजो मात्र बसेको मन्त्रीपरिषद्को बैठकले ‘लकडाउन’ प्रभावकारी बनाउन नागरिकलाई एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान प्रवेश निषेध गर्ने निर्णय गरेको थियो । यहाँ भने ‘लकडाउन’लाई प्रभावकारी बनाउन जनप्रतिनिधिले प्रमुख भूमिका खेल्नुपर्नेमा जनप्रतिनिधिबाटै उल्लंघन भएपछि स्थानीयमा निराशा छाएको छ ।