Wednesday 9th July 2025

    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.    “दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

आज लकडाउनको एघारौं दिने यस्तो रह्यो काभ्रे (भिडियो सहित)

Friday, April 3, 2020 National Power

काभ्रेपलान्चोक – नेपाल सरकारले अति आवश्यक काम बाहेक कोहि पनि घर बाट बाहिर ननिसक्न आदेश जारी गरेको आज एघारौं दिने हो ।कोरोना भाइरस रोकथामको लागि नेपाल सरकारले देश लाई नै लकडाउन लगाएको छ र कोहि कसैलाई पनि अनावश्यक बाहिर ननिस्कन आदेश जारी गरेको छ ।

आज एघारौं दिने ११ बजे सम्म बनेपा बजार सुनसान देखिन्थो भने कोहि पनि अनावश्यक काममा बाहिर हिडेका थिएन्न तर हिजो बनेपाको विभिन्न ठाँउमा लकडाउनको उलघंन गरी हिडेका ७८ जनालाई ईलाका प्रहरी कार्यलय बनेपाका प्रमुख योगेन्द्र तिमल्सिनाको नेतृत्वमा नियन्त्रणमा लिएर ती ब्यक्तीहरुलाई कार्वाही गरिएको थियो ।

नियन्त्रणमा लिएका लाई कोरोना भाईरस सम्बन्धि सचेतनामुलक कक्षा संचालन गरी लक डाउन सम्बन्धि जानकारी गराउदै अब उप्रान्त लकडाउन उल्लंधन नगर्ने शर्तमा छाडिएको थियो भने हिजोको कार्वाही पछि आज बनेपा बजार एरिया निकै सुनसान देखिन्थो ।