Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

मजदुरका लागी राहतको व्यवस्था गरियोस् : विभाग प्रमुख शिवप्रसाद हुमागाँई

Sunday, March 29, 2020 National Power

काभ्रे – नेपाली काँग्रेसको श्रमिक तथा ट्रेडयुनियन विभागले आमनागरिकलाई वर्गीय तहमा निर्धारण गरी ‘निशुल्क र सस्तो शुल्क’मा राहत प्याकेजको व्यवस्था गर्न सरकारसँग माग गरेको छ

विभाग प्रमुख शिवप्रसाद हुमागाँर्ईले एक विज्ञप्ति जारी गरी न्यून आय भएका व्यक्ति, श्रमिक र मजदुरका लागि सबै तहका सरकारको समन्वयमा पूर्ण राहतको व्यवस्था गर्न माग गरेका छन ।

श्रमिक तथा ट्रेडयुनियन विभागले प्रेस बिज्ञप्ति मार्फत राखेको मागको पूर्णअंश –
नेपाली काँग्रेस ‘किसानको साथी,श्रमिकको पार्टी’को मुल उदेश्यमा समर्पित हुँदै“श्रम शक्ति नै राष्ट्रशक्ति” भन्ने भावनाले अभिप्रेरित भै मजदुर, श्रमिकर न्यून आय भएका जनताको सन्दर्भमा तत्काल प्याकेजमा राहत उपलब्ध गराउन सुझावहरु पेश गर्दछु।

१) सरकारले लकडाउन र सबै क्षेत्र बन्द घोषणा गरेसंगै औधोगिक कलकारखाना, व्यापारव्यवसाय, सम्पुर्णकार्यालयहरु बन्द भए। बन्द र लकडाउन भएपछि अलपत्र रअप्ठेरोमा परेका स्वदेश तथा विदेशमा काम गर्र्ने मजदुर, श्रमिकहरुलार्इ सुरक्षित तवरले गन्तव्यसम्म पुर्याउने व्यवस्था हुनुपर्छ।

२) कम आय भएका, दैनिक ज्यालादारी गर्ने मजदुर, श्रमिक र आमनागरिकलाई वर्गियतहमा निर्धारण गरि सबै तहका सरकारको प्रभावकारी समन्वयमा ‘निशुल्क र सस्तो शुल्क’ राहत प्याकेजको व्यवस्था गरिनुपर्छ।

३) लकडाउन लम्बिदै जादा आइपर्नसक्ने खाद्य तथा अत्यावश्यक संकटबाट बच्न खाद्य तथा अत्यावश्यक सामग्रीको जोहोगर्ने,भण्डारण गर्ने र वितरण गर्ने विधि र वातावरण बनाउनुपर्छ।

४) न्यून आय भएकाव्यक्ति, श्रमिक र मजदुरका लागि ‘पूर्ण राहत प्याकेज’को व्यवस्थागरिनुपर्छ।

५) संक्रमणको उच्च जोखिमको यस समयमा सरकारी एवम् उधोग वाणिज्य संघमार्फत सुरक्षात्मक उपायसहितका अनलाइन सेवा, सहुलियत घुम्तीसेवाको व्यवस्था गरिनुपर्छ।

६) विपन्न एवम् मजदुरको छोराछोरीको हकमा आसन्न शैक्षिकसत्रको अध्ययन शुल्क मिनाहा गरिनुपर्छ।

७) रोजगारीका लागि विदेशमा रहनुभएका दिदी बहिनी र दाजुभाइको चाहना र मागअनुसार नेपाल सरकार जिम्मेवार अभिभावक बनोस्।

स्वास्थकर्मी, सुरक्षाकर्मी, श्रमिक तथा जदुरका आवश्यकता अधिकार र हितका सवालमा नेपाली कांग्रेस श्रमिक तथा ट्रेडयुनियन विभाग हरतवरले साथमा रहेर कार्य गर्ने विश्वास दिलाउँदै श्रमिक र मजदुरले मुलुक निर्माणमा पु¥याउनु भएको महत्वपूर्ण योग्दानप्रति विभाग उच्चसम्मान प्रकट गर्दछ।

सरकारले पनि उच्चसम्मान प्रकट गर्न माथि उल्लेखित बुँदाहरुलाई तत्काल कार्यन्वयनका लागि जोडदार माग गर्दछु।
जय नेपाल

शिवप्रसाद हुमागाँई