Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

‘ओ कोरोना विन्ती छ…’ लिएर आए डा. डीआर उपाध्याय (भिडियोसहित)

Sunday, March 29, 2020 National Power

बनेपा,
चैत १६ ।कोरोना भाइरस (कोभिड-१९)ले यतिखेर विश्वलाई नै आतंकित बनाइरहेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले समेत कोरोना भाइरसलाई ‘महामारी’ घोषणा गरिसकेको अवस्था यसलाई कसरी रोकथाम तथा नियन्त्रण गर्ने भन्ने ध्यान विश्वको गएको छ । नेपालमा पनि यसको संक्रमणबाट अहिलेसम्म पाँचजना व्यक्ति संक्रमित देखिएका छन् भने नेपाल सरकाले ‘लकडाउन’ गरेको छ । कोरोनाको संक्रमणबाट बच्न विभिन्न उपाय खोजिरहेको बेला गीत सङ्गीतका स्रष्टाहरुले यस सम्बन्धि गीत स्रोता/दर्शकमाझ ल्याइरहेका छन् । यही मेसोमा विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले ‘ओ कोरोना विन्ती छ, अब यो धर्तीबाट विदा लेउ…’ स्रोता/दर्शकमाझ पस्किएका छन् । राज सागरको स्वर र सङ्गीत रहेको लिरिकल भिडियो स्रोता/दर्शकमाझ आएको हो । दीप घतानीको मिक्सिङ/माष्टरिङ रहेको गीत भ्वाइस अफ नेपालमा रेकडिङ गरिएको हो ।

‘यो बेला सबैले आ-आफ्नो ठाउँबाट सचेतना जगाउने र यसको संक्रमणबाट बच्नका लागि जनचेतना जगाउने उद्देश्यले गीत सार्वजनिक गरिएको हो’, कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले भने ।

दश उपन्यास र सयौ गीतमार्फत पाठक, स्रोता तथा दर्शकको मन मष्तिस्कम बस्न सफल डा. डीआर उपाध्यायको केही समयअघि बाह्र भाषामा रहेको गीतको एल्बम ‘मायाको सागर’ सार्वजनिक भएको थियो ।

गीत लेखेर एक पछि अर्को कीर्तिमान कायम गरेका डा. डीआर उपाध्यायले वल्र्ड बुक्स अर्फ अमेरिका, अष्ट्रेलिया, लण्डनलगायत विभिन्न देशबाट वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन् । उपाध्यायले मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सक्लुसिभ वल्र्ड रकेर्ड, जीनस वल्र्ड रेकर्ड, एभरेष्ट वल्र्ड रकेर्डको प्रमाणपत्र प्राप्त गरिसकेका छन् ।

उनले नेपाली गीत-सङ्गीतका विविध विधामा गरेको नामको खातिर विश्वका विभिन्न मुलुकले उनलाई सम्मान गरेका हुन् । ‘हिरो २०१९’बाट समेत सम्मानित गीतकार डा. डीआर उपाध्यायलाई गीतकार सङ्घ, नेपालको नवौं वार्षिकोत्सव कार्यक्रममा ‘वर्ष गीत पुरस्कारबाट पुरस्कृत गरिएको थियो । नेपाल र नेपाल बाहिर हुने विभिन्न गीत-सङ्गीतका अवार्डमा पनि उनका गीतले प्रायःजसो सबै अवार्ड चुम्न सफल भएका छन् ।