Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

इटालीमा शनिबार मात्रै ७ सय ९३ को मृत्यु, अहिलेसम्मकै बढी

Sunday, March 22, 2020 National Power

रोम — कोरोना भाइरस(कोभिड–१९) को नयाँ इपिसेन्टर मानिएको युरोपका इटाली र स्पेनमा भाइरसको संक्रमण र मृतकको संख्या बढिरहेको छ । कोभिड–१९ संक्रमणबाट युरोपमा मात्रै मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ ।

शनिबार मात्रै इटालीमा ७ सय ९३ जनाको मृत्यु भएको छ। इटालीमा हालसम्म ५३ हजार ५ सय ७८ जना कोरोनाबाट संक्रमित भएका छन् भने ४ हजार ८ सय २५ जनाकोमृत्यु भइसकेको छ। कोरोनाबाट निको हुनेहरु भने ६ हजार ७२ जना छन्।

शनिबारमात्रै कहाँ कति मृत्यु ?

इटाली– ७९३

स्पेन – २८८
इरान– १२३
फ्रान्स –११२
अमेरिका– ४६
बेलायत– ५६
नेदरल्यान्ड्स – ३०
जर्मनी – १६
बेल्जियम –३०
स्विजरल्यान्ड –२४
दक्षिण कोरिया –८
चीन – ७
इन्डोनेसिया – ६
स्विडेन,टर्की – ४र१२जना
डेनमार्क, पेरु– ४र१जना
पोर्चुगल, अल्जेरिया – ६र४ जना
ब्राजिल,ग्रिस – ७र३ जना
अर्जेन्टिना, बंगलादेश,बोस्निया हर्जेगोविना, चीली, साइप्रस, फिनल्यान्ड, घाना, आइसल्यान्ड, जापान, मौरिसस, मेक्सिको, पराग्वे, पेरु, फिलिपिन्स, पोल्यान्ड, पुरेटो रिको–१र१ जना