Sunday 18th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

कोरोनाको कारण तेन्जिङ हिलारी एभरेष्ट म्याराथन पनि सर्‍यो

Saturday, March 21, 2020 National Power

काठमाडौं – विश्वकै सर्वाधिक उचाइमा आयोजना हुने तेन्जिङ हिलारी एभरेष्ट म्याराथन पनि कोरोना भाइरसले गर्दा पछि सरेको छ । विश्वभर फैलिएको कोरोनाले गर्दा आयोजक हिमालय एक्सपीडीसन्सले १७ औं संस्करणको एभरेष्ट म्याराथन सर्ने जानकारी गराएको हो ।

यसअघि मे २९ मा हुँदै आएको म्याराथन यस वर्ष सेप्टेम्बरमा हुने भएको छ । आयोजकले सामाजिक संजाल फेसबुकमार्फत यस वर्षको म्याराथन आगामी सेप्टेम्बर २४ सम्मको लागि सार्ने तयारी भइरहेको जनाएको छ । सर्वोच्च शिखर सगरमाथाको आधार शिबिरबाट सुरु भएर नाम्चे बजार पुगेर समापन हुने म्याराथनमा विश्वभरका धावकहरु दौडन आउने गर्छन् । जसमा विभिन्न विधामा प्रतिस्पर्धा हुन्छ ।

प्रतियोगिताको मुख्य आकर्षणको रुपमा ४२/१९५ किमिको म्याराथन, ६० किमिको अल्ट्रा म्याराथन र २१ किमिको हाफ म्याराथन रहेको छ । सुमन कुलुङ र सुनमाया बुढाले गत संस्करणमा म्याराथनको उपाधि जितेका थिए ।