Sunday 26th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

कोरोनाको कारण तेन्जिङ हिलारी एभरेष्ट म्याराथन पनि सर्‍यो

Saturday, March 21, 2020 National Power

काठमाडौं – विश्वकै सर्वाधिक उचाइमा आयोजना हुने तेन्जिङ हिलारी एभरेष्ट म्याराथन पनि कोरोना भाइरसले गर्दा पछि सरेको छ । विश्वभर फैलिएको कोरोनाले गर्दा आयोजक हिमालय एक्सपीडीसन्सले १७ औं संस्करणको एभरेष्ट म्याराथन सर्ने जानकारी गराएको हो ।

यसअघि मे २९ मा हुँदै आएको म्याराथन यस वर्ष सेप्टेम्बरमा हुने भएको छ । आयोजकले सामाजिक संजाल फेसबुकमार्फत यस वर्षको म्याराथन आगामी सेप्टेम्बर २४ सम्मको लागि सार्ने तयारी भइरहेको जनाएको छ । सर्वोच्च शिखर सगरमाथाको आधार शिबिरबाट सुरु भएर नाम्चे बजार पुगेर समापन हुने म्याराथनमा विश्वभरका धावकहरु दौडन आउने गर्छन् । जसमा विभिन्न विधामा प्रतिस्पर्धा हुन्छ ।

प्रतियोगिताको मुख्य आकर्षणको रुपमा ४२/१९५ किमिको म्याराथन, ६० किमिको अल्ट्रा म्याराथन र २१ किमिको हाफ म्याराथन रहेको छ । सुमन कुलुङ र सुनमाया बुढाले गत संस्करणमा म्याराथनको उपाधि जितेका थिए ।