Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

के गर्दैछन् ‘सेल्फ क्‍वारेन्टाइन’मा बलिउड कलाकार ?

Friday, March 20, 2020 National Power

मुम्बई — सेल्फ क्‍वारेन्टाइनमा बसेका अभिनेता सलमान खानले आफ्नो खाली समय स्केचिङमा लगाएका छन् । कोरोना भाइरस-कोभिड-१९  बाट सतर्कता अपनाउन मार्च ३१ सम्मलाई फिल्मको सुटिङ रोक्ने निर्णयसँगै उनको फिल्म राधेस् योर मोस्ट वान्टेड भाइुको सुटिङ पछाडि धकेलियो ।

क्वारेन्टाइनमा समय बिताइरहेका बलिउड अभिनेता खानले सामाजिक सञ्जाल इन्स्टाग्राममा स्केचिङ गरेको भिडियोसमेत सार्वजनिक गरेका छन् । त्यस्तै अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनस आठ दिनका लागि सेल्फ आइसोलेसनुमा बसेका छन् । उनले इन्स्टाग्राम भिडियोमा भनेकी छिन्म र निक ८ दिनका लागि सेल्फ आइसोलेसनमा छौं । हामीले सँधै धेरै मानिसहरुको वरपर बसेर काम गर्‍यौं । अहिले अवस्था फरक छ । यो एकदम अनौठो अनुभव हो । हामी सतर्कता अपनाइरहेका छौं । हामी सुरक्षित छौं, सोसल डिस्ट्यान्सुको अभ्यास गर्दैछौं ।

अभिनेता अमिताभ बच्चनले त आइसोलेसनमा बसेर कविता कोरेको कुरा इन्स्टाग्राममार्फत जानकारी गराएका छन् । उनले आफ्नो कविताबाट दर्शकलाई सुरक्षित रहन सन्देश दिएका छन् । अमिताभले आफू क्वारेन्टाइनमा बसेको कुरा इन्स्टाबाटै जानकारी दिएका हुन् । हातमा स्ट्याम्पलेुहोम क्वारेन्टाइनु लेखिएको तस्बिर उनले सार्वजनिक गरेका छन् ।

त्यस्तै अभिनेत्री कट्रिना कैफले यो खाली समयमा जिम बन्द भएपछि घरमै जिम गरेर समय काट्ने सोचेकी छिन् । उनको इन्स्टा भिडियोमा शारीरिक अभ्यासले शरीरलाई रोगप्रतिरोधात्मक क्षमता बढाउने बताएकी छिन् । फिटनेससँगै सेल्फ आइसोलेसनुको समयमा कट्रिनाले गीतार बजाउने समय पनि पाएकी छिन् ।

अभिनेत्री दीपिका पादुकोणले इन्स्टाग्राममा माक्स लगाएर हात धुँदै गरेको भिडियो सार्वजनिक गरेकी छिन् । अभिनेता आयुष्मान खुरानाले श्रीमती, छोराछोरीसँग पेन्टिङ गरेर सेल्फ क्वारेन्टाइनुको समय बिताएका छन् । श्रीमती तहिरा कश्यप, छोरा विराजवीर र छोरी भरुस्कासँग पेन्टिङ गरेको तस्बिर आयुष्मान सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । अभिनेत्री करिना कपूरले भने आफूलाई मन पर्ने परिकार बनाउन समय व्यतित गरेकी छिन् । उनले घर बसेर गाजरको हलुवा खाँदै गरेको तस्बिर सार्वजनिक गरेकी छिन् । अभिनेता अर्जुन कपुरले भने पूराना फिल्महरु हेर्ने समय पाएका छन् । उनले हालै फिल्म हेराफेरीु हेर्दै गरेको जानकारी इन्स्टाग्राममा राखेका छन् ।

सुटिङ स्थगित गरेसँगै कलाकारहरुले परिवारका लागि समय पाएका छन् । सेल्फ क्वारेन्टाइनुको समयमा अक्षय कुमारले पनि परिवारलाई समय दिन पाए । यसखघि उनी सूर्यवंशीुको प्रचारमा व्यस्त थिए ।अहिले माधुरी दीक्षित पनि आफ्नो परिवारसँग समय बिताइरहेका छन् । अभिनेत्री कंगना रनावत मनाली पुगेकी छिन् । अभिनेत्री सोनम कपुर भने परिवारसँग समय बिताउन लन्डनमा पुगेकी छिन् । त्यस्तै नेहा धुपिया आफ्नी आमासँग अनि राधिका आप्टे लन्डनमा रहेको पतिसँग सेल्फ क्वारेन्टाइनमा बस्न पुगेकी छन् ।