Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

सरकारी निर्णयको अवज्ञा गर्दै संसदीय समिति

राज्यव्यवस्था तथा सुशासन समितिमा भने सांसदहरुले २५ जनाभन्दा बढी उपस्थित भएकाले सञ्चालन गर्न नहुने भन्दै विरोध गरेपछि बैठक स्थगित गरिएको थियो
Thursday, March 19, 2020 National Power

काठमाडौं – संसदीय समितिहरुले २५ जनाभन्दा बढी भेला हुन नपाइने सरकारी निर्णयको अवज्ञा गरेका छन् । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले बुधबार २५ जनाभन्दा बढी भेला नहुन गरेको निर्देशनको अवज्ञा गर्दै बिहिबार संघीय संसदका समितिले बैठक गरेका हुन् । विहिबार राष्ट्रियसभा र संघीय संसद अन्र्तगत संसदीय समितिले सरकारको निर्देशन उलंघन गर्दे बैठक सञ्चालन गरे ।

राष्ट्रियसभा बैठकमा सांसदहरुको तापक्रम जाँच गरी स्यानिटाइजरले हात धोएर मात्रै भित्र प्रवेश गराइएको थियो । राष्ट्रियसभा बैठक शुक्रबार पनि सञ्चालन हुने बताइएको छ । बिहीबार राज्यव्यवस्था तथा शुसासन समिति बाहेक केही समितिहरुले बैठक सञ्चालन गरे । कानून, न्याय तथा मानवअधिकार समिति, विकास तथा प्रविधि समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, विधायन व्यवस्थापन समिति र अर्थ समितिको बैठक सञ्चालन भयो ।

sf7df8f}F, ^ r}t . k|ltlglw;ef, /fHo Joj:yf tyf ;’zf;g ;ldltsf] laxLaf/ l;+xb/af/ a;]sf] j}7sdf ;+3, k|b]z / :yfgLo txaLrsf] cGt/;DaGw Jojl:yt ug]{ ljw]osdf 5nkmn ub}{ ;f+;b . t:jL/ M k|bLk/fh jGt, /f;; .

राज्यव्यवस्था तथा सुशासन समितिमा भने सांसदहरुले २५ जनाभन्दा बढी उपस्थित भएकाले सञ्चालन गर्न नहुने भन्दै विरोध गरेपछि बैठक स्थगित गरिएको थियो । औपचारिक विषयमा प्रवेश नगरेपनि समितिमा सदस्यहरुबीच केहीबेर छलफल भने चलेको थियो । कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा २५ जनाभन्दा कम सांसदहरु सहभागि भएकाले बैठक सञ्चालन गरिएको बताइएको छ । अर्थ समितिमा भने ३० जनाभन्दा बढी सांसदहरु सहभागी थिए ।

बिहीबार नै उच्चस्तरिय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल सहभागी हुने भनिएको एक कार्यक्रम भने अन्तिम समयमा आएर स्थगित भएको छ । कान्तिपथस्थित होटल एल्लो प्यागोडामा हुने कार्यक्रमका लागि सहभागीहरु आएको भएपनि सरकारी निर्णयको अवज्ञा गर्न नहुने भन्दै स्थगित गरिएको थियो । यता, गृहमन्त्री समेतको सहभागितामा राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठक भने बसेको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाले सरकारले २५ जनाभन्दा बढी भेला नहुन भनेपनि अत्यावश्यक विषयमा छलफल गर्नुपर्ने भएकाले सञ्चालन गर्नुपरेको बताए ।