Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

आफ्नै निर्णय उल्ल‌ंघन गर्दै गृह मन्त्रालय

Thursday, March 19, 2020 National Power

काठमाडौँ — सरकारले कोरोना भाइरस-कोभिड–१९ को संक्रमण रोकथामका लागि भन्दै २५ जनाभन्दा बढी भेला हुन नपाउने भन्दै गरेको निर्णय नियम पालना गराउने निकाय गृह मन्त्रालयले नै उल्लंघन गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सोमबार गरेको निर्णय उल्लंघन गर्ने गरी गृह मन्त्रालयअर्न्तगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका लागि स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले जमलको एल्लो प्यागोडा होटलमा ३ सय १९ जनालाई सामाजिक सुरक्षा तथा व्यक्तीगत घटना दर्ता प्रणाली प्रशिक्षण जारी राखेको छ ।

इन्फरमेसन म्यानेजमेन्ट अपरेटर र स्थानीय तहका फिल्ड सहायकका लागि विभागले ४ गतेबाट सुरु गरेको प्रशिक्षण सरकारी निर्णयपछि पनि स्थगित गरिएको छैन । कार्यक्रममा सहभागी एक प्रशिक्षार्थीका अनुसार एउटा कोठामा ५० जनाको हाराहारीमा राखेर प्रशिक्षण जारी राखिएको छ । ब्रेकफास्ट र लन्च समयमा सबै प्रशिक्षार्थी एकै ठाउँमा भेला हुँदा झनै खतरा हुने देखिन्छ ।

प्रतिष्ठानका निर्देशक कृष्णचन्द्र ढकालले १ सय ६० जना स्थानिय तहका फिल्ड सहायकको तालिम आजै सकिने बताउँदै अन्यको हकमा के गर्ने भन्नेबारे छलफल भइरहेको बताए । उनले १५९ जना इन्फरमेसन म्यानेजमेन्ट अपरेटरलाई चार फरक–फरक ठाउँमा राखेर प्रशिक्षण जारी राखिने बताए । तालिममा सहभागी एक प्रशिक्षार्थीका अनुसार चार ठाउँमा राखेर तालिम गर्दा पनि एउटा कोठामा करिब ४० जना जतिकै संख्या पुग्ने देखिन्छ ।

निर्देशक ढकालले सरकारी निर्णय पालना गर्नु प्रतिष्ठानको पनि दायित्व रहेको र व्यक्तिगत स्वास्थ्य सुरक्षामा आफूहरु गम्भीर रहेको बताए । उनले तालिम चल्दाचल्दै सरकारी निर्णय आएकाले के गर्ने भन्नेमा अन्यौल रहे पनि तालिम जारी राख्ने कि नराख्ने भन्नेबारे छलफल सुरु गरेको बताए । उनले भने, ‘आजको तालिम चलिहाल्छ । भोलिबाट के गर्ने भन्नेमा छिटै निर्णय लिन्छौं ।’

प्रतिष्ठानले मंगलबारदेखि गर्ने भनेको प्राविधिक सेवा अधिकृत छैटौं तहका इन्जिनियरको सात दिने तालिम भने पछिल्लो सरकारी निर्णय लगत्तै स्थगित गरेको छ । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका अधिकृत तीर्थ हादुर भण्डारीले तालिम लिने सहभागीहरु काठमाडौं आइसकेको र तयारी पूरा भइसकेको भए पनि सरकारी निर्णयलगत्तै तालिम स्थगित गरेको बताए ।