Tuesday 21st April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

ओलम्पिक नसार्ने योजनामा जापान

Monday, March 16, 2020 National Power

काठमाडौं –  गत डिसेम्बरमा छिमेकी देश चीनबाट शुरु भएको कोरोना भाइरस संक्रमण अहिले युरोप हुँदै अमेरिकासम्म पुगिसकेको छ । कोरोना संक्रमणका कारण विश्वको राजनीतिक, आर्थिक, सामाजिकलगायत सबैजसो क्षेत्र प्रभावित भएको छ । खेलकुद क्षेत्र पनि यसबाट टाढा छैन ।यही वर्ष २०२० मा विश्वमा दुई वटा खेलकुद मेला हुँदैछन् । आउँदो जुलाइमा जापानमा ओलम्पिक खेलकुद र युरोपका विभिन्न देशमा युरोकप १२ जुन देखि १२ जुलाईसम्म हुँदैछ ।

यसका साथै अन्य साना ठूला वार्षिक खेलकुद प्रतियोगिताहरु पनि भइरहेका थिए । तर कोरोना संक्रमणको त्रासका कारण अहिले विश्व खेलकुदमा ब्रेक लागेको छ । कुनै पनि देशले निर्वाध रुपमा खेल गतिविधि सञ्चालन गर्ने अवस्था छैन । धेरै दर्शक जम्मा हुने भएकोले भिडभाड नहोस् भनेर र खेल गतिविधि रोकिएका हुन् । केही खेलहरु दर्शकबिनै खेलाउने प्रयास पनि भएको थियो । तर खेलाडीमै कोरोना संक्रमण देखिन थालेकाले अहिले त्यो प्रयास पनि रोकिएको छ ।

युरोपको सर्वोच्च फुटबल निकाय युईएफको बैठक मंगलबार आफ्ना ५५ वटै सदस्य राष्ट्रसंग छलफल गर्दैछ । सायद यो बैठकले युरो कप यो वर्ष हुने वा नहुने तय गर्नेछ । संक्रमणको आशंकामा स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो केही दिनदेखि क्वारेन्टाइनमा छन् । अर्का स्टार लिओनल मेसी पनि घरमै क्वारेन्टाइनमा बसेका छन् ।

इंग्ल्याण्ड, स्पेन, जर्मनी, इटली र फ्रान्सको लिग विश्वमै उत्कृष्ट लिग हो । यसलाई युरोपको टप फाइभ लिगमा राखिन्छ । इंग्ल्याण्डको प्रिमियर लिगसंगै एफए कप ईएफएल सबै स्थगित भएको छ । यस्तै स्पेनको ला लिगा, फ्रान्सको लिग वान र लिग टु, जर्मनीको बुण्डेसलिगा पनि रोकिएका छन् ।

यी पाँचवटै लिगमा विश्वका उत्कृष्ट क्लब र स्टार खेलाडी छन् । कोरोनाको कारण सबैभन्दा पहिले लिग स्थगित गर्ने भने इटली हो । उसले सबै खेलकुद गतिविधि अप्रिल ३ सम्मको लागि स्थगित गरेको छ ।

यसैगरी युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिग, युरोपको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिगका अर्को साताका खेलहरु पनि स्थगित गरिएको छ ।हरेक चार वर्षमा आयोजना हुने युरोकप यस पटक युरोपको १२ देशमा आयोजना गर्ने तय छ । तर कोरोना संक्रमणको त्रासका कारण युरो कप एक वर्ष पछि सर्ने सम्भावना छ । युरोपको सर्वोच्च फुटबल निकाय युईएफको बैठक मंगलबार आफ्ना ५५ वटै सदस्य राष्ट्रसंग छलफल गर्दैछ । सायद यो बैठकले युरो कप यो वर्ष हुने वा नहुने तय गर्नेछ ।