Sunday 26th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

मनाङले जित्यो आहा ! रारा गोल्डकपको उपाधि

Saturday, March 14, 2020 National Power

१८औं आरा १ रारा गोल्डकप फुटबलको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४(३ ले पराजित गर्दै मनाङले छैटौं पटक उपाधि उचालेको हो । पोखरा रंगशालामा भएको निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो । तर टाइब्रेकरमा मनाङले बाजी मार्‍यो ।टाइब्रेकरमा पुलिसका भेला सिलवाल, हेम तामाङ र बुद्ध बलले गोल गरे भने मनाङका अन्जन विष्ट, पुजन उपरकोटी, सुरज विके र रञ्जन विष्टले गोल गरे । पुलिसका गोलरक्षकले मनाङको दोस्रो पेनाल्टी रोकेका थिए तर मनाङका गोलरक्षक अजित बरालले पुलिसका तेल तामाङको बल पनि रोके ।

पाँचौं नम्बरमा आएका पुलिसका अजितको प्रहार पनि अजितले रोकेपछि मनाङलाई अवसर आयो, जसमा रञ्जनले कुनै गल्ती गरेनन् ।