Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

टेकुको आइसोलेसन वार्डबाट भागेका बिरामी विराटनगरमा फेला,कोरोनाको आशंकामा ३ नेपाली र एक फ्रेन्च अस्पताल भर्ना

Thursday, March 5, 2020 National Power

काठमाडौँ — कोराना संक्रमणको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएर भागेका बिरामीको मोबाइल ट्र‍्याकिङ गर्दा विराटनगरमा फेला परेको टेकु अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले बताए ।

उनीसँग सम्पर्क गरेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जान आग्रह गरिएको छ। डा। राजभण्डारीका अनुसार ती बिरामीलाई प्रतिष्ठानको आइसोलेसन वार्ड राख्‍ने व्यवस्था मिलाइएको छ। यस्तै, अब उपरान्त आइसोलेसन वार्डमा नेपाल प्रहरीका साथै मनोवैज्ञानिक परामर्शदातालाई पनि खटाइने भएको छ।

ती बिरामीकोरियाबाट आएरबुधबार अस्पताल भर्ना भएका थिए। अस्पतालमा बुधबार नै कोरिया, यूएई र कतारबाट आएका ३ जना नेपाली र नेपाल आएपछि भारत भ्रमण गरेर पुनः नेपाल नै फर्किएका एक जना फ्रेन्च नागरिक भर्ना भएका थिए। चारै जनामा कोरोनाको परीक्षण बिहीबार गराइने अस्पतालका प्रवक्ता डा।अनुप बाँस्तोलाले बताएका थिए।

तीन जनालाई खासै समस्या नभए पनि एक जनालाई ब्रोङ्‌काइटिस जस्तो देखिएको थियो। बिहीबार थप एक जनालाई आइसोलेसन वार्डमा भर्ना गरिएको छ। हाल टेकुमा ४ जना शंकास्पद बिरामी भर्ना भएका छन्। मंगलबार मात्र अस्पतालबाट कोरियाबाट आएका ३ नेपाली र चीनबाट आएका एक जना चिनियाँ नागरिकमा कोरोना परीक्षण पछि संक्रमण नदेखिँदा आइसोलेसन वार्डबाट डिस्चार्ज गरिएको थियो।