Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

जनचेतना नेपालद्धारा बिशिष्ट ब्यक्तिहरु सम्मानित(भिडियो सहित)

Thursday, March 5, 2020 National Power

काठमाडौं – लामो समयदेखि सामाजिक कार्यक्रममा सक्रिय रहँदै आएको जनचेतना नेपालले आफ्नो छैटौं बार्सिकोत्सव भब्यताका साथ मनाएको छ । गत फागुन १७ गते राजधानीको पर्यटन वोर्डमा अर्थमन्त्री एवं सुचना तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाको प्रमुख आतिथ्यतामा एक समारोहकाबीच भब्यताका साथ छैटौं बार्सिकोत्सव सम्पन्न गरेको हो । कार्यक्रममा प्रमुख अतिथि खतिवडाले संस्थाले सामाजिक क्षेत्रमा महत्वपूर्ण कार्य गरेको भन्दैं जनचेतना नेपालले आउँदा दिनमा समाज र राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले संस्थाका लागि आफूले गर्न सक्ने सहयोगमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत जनाए ।

प्रमुख अतिथि डा. युवराज खतिवडालाई मायाको चिनो प्रदान गर्दै जनचेतना नेपालका अध्यक्ष बालकृष्ण निरौंला । कार्यक्रममा पूर्व स्वास्थ्य राज्य मन्त्री एवं प्रतिनिधि सभा सदस्य माननीय धर्मशिला चापागाई, चर्चित गायिका तथा राष्ट्रिय सभाका सदस्य माननीय कोमल ओली, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, परिवर्तन नेपालका अध्यक्ष एवं कलाकार मोहन निरौला, कलाकार एवं निर्देशिका दिपाश्री निरौंला, एवं उद्योगपति तथा समाजसेवी अम्मर श्रेष्ठ लगायतकाले जनचतेना नेपालले समाज र राष्ट्रका क्षेत्रमा गरेको कार्य अतुलनिय रहेको भन्दै आगमी दिनमा जनचेतना नेपालको प्रगतिको कामना समेत गरे ।

कार्यक्रममा विभिन्न क्षेत्रमा अतुलनिय योगदान पुर्‍याउने व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको गरिएको थियो । यसरी सम्मानित हुनेमा क्यान्सर रोग बिशेषज्ञ डा। सुदिप श्रेष्ठ, चलचित्र निर्देशक एवं पशुपति क्षेत्र बिकास कोषका सदस्य सचिव डा. घनश्याम अतिवडा, नेपाल टेलिभिजनका नायक महाप्रबन्धक रामेश्वर शुक्ल, निर्देशक ऋषि लामिछाने लगायतकालाई सम्मान गरिएको थियो । जनचेतना नेपालका अध्यक्ष बालकृष्ण निरौंलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव कमल बोहराले स्वागत मन्तब्य राखेका थिए ।