Thursday 5th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

विदेशमा हुने नेपाल भ्रमण वर्षको प्रचार केही समयको लागि स्थगित- पर्यटन मन्त्री

Sunday, March 1, 2020 National Power

काठमाडौं-नागरिक उड्यायन तथा पर्यटन मन्त्री योगेशकुमार भट्टराईले अब विदेशमा हुने नेपाल भ्रमण वर्षको प्रचार केहि समयको लागि स्थगित हुने बताएका छन् । शनिवार राजधानीको बुढानिलकण्ठमा ताप्लेजुङ समाज नेपालले आयोजनाले गरेको शिवपुरी राष्ट्रिय पदयात्रामा बोल्दै मन्त्री भट्टराईले कोरोना भाइरसले विश्व प्रभावित भइरहेको हुनाले केही समयको लागि नेपाल भ्रमण वर्षको प्रचार स्थागित गरेको बताए ।

नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्धन गर्ने उद्देश्यले सामाजले आयोजना गरेको पदयात्रामा बोल्दै मन्त्री भट्टराईले भने, अहिले कोरोना भाइरसबाट विश्व नै प्रभावित बनिरहेको छ, जुन दिन अनुकुल हुन्छ त्यसपछि हामी उत्साहको साथ विदेशको बजारमा नेपाल भ्रमण वर्षालाई जोड्ने छौँ ।

विश्वभरीबाट नेपाल भ्रमण वर्षलाई सहयोग भएको पनि उनले स्पष्ट पारे । तर, कोरोना भाइरसले विश्वव्यापि रुयमा नै असर गरेको बताए । उनले भने कोरोना भाइसरले व्यापारमा असर गरेको छ, मानविय कामहरुमा असर गरेको छ, अमेरिकाको बाजार प्रभावित भएको छ चिनको बजार प्रभावित भएको छ यो हामीले निम्त्याएको समस्य होइन यसको सामना हामीले गर्नुपर्छ । नेपालमा अहिलेसम्म देखिएको छैन भोलि के हुन्छ थाहा छैन । केही बदल्ने सोच बनाएको छ ।
उनले नेपालको अर्थतन्त्रको मुख्या आधार पर्यटन भएको बताए । उनले भने अर्थतन्त्रको मुख्या आधार भनेको पर्यटन हो । यसले मुलुकलाई महत्वपूर्ण योग्दान दिएको छ ।

मन्त्री भट्टराईले अब आन्तरिक पर्यटकलाई जोड दिने बताए । नेपालामा जति घुम्न अउछन् त्यस्तै नेपालीहरु पनि उतिकै विदेश जाने गरेको पाइन्छ । अब हामीले आन्तरिक पर्यटकलाई जोड दिनुपर्ने हुन्छ । अहिले छुट्टीको बेला जति विदेश घुम्न गइरहको छ अब उनीहरुलाई नेपालमै राख्नुपर्ने हुन्छ । पर्यटन क्षेत्रबाट विगतका दिनहरुको कति टेवा पुगेको छ । अब पनि त्यति नै योग्दान पुग्ने विश्वस लिएको बताए ।

नेपाली कांग्रेसमा सांसद गगनकुमार थापाले नेपाल भ्रमण वर्ष सरकारको मात्रै नभएर राष्ट्रिकै अभियान भएको बताए । पर्यटक नेपालको आयास्रोतको महत्वपूर्ण पाटो भएको र नेपाल भ्रमण वर्ष सफल हुनुपर्ने पनि उनको भनाई थियो । उनले पर्यटन वर्ष सफल बनाउनको लागि सम्पूर्णले सहयोग गर्नुपर्ने पनि बताए ।

पदयात्रामा दुई हजार भन्दा बढीले सहभागिता जनाएका छन् । कार्यक्रमलाई व्यवस्थित गर्न समाजको तर्फबाट १ सय ५० जना स्वयमसेवक साथै थप सुरक्षा व्यवस्थापननका लागि नेपाली सेना र प्रहरी समेत खटिएका थिए ।