Wednesday 29th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान यात्रामा रोक , इटली र दक्षिण कोरिया नजान अपिल

Sunday, March 1, 2020 National Power

काठमाडौं –  कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा पहिलो पटक एक जनाको मृत्यु भएको छ । राजधानी वाशिङ्टन डिसी राज्यको उत्तर–पश्चिम क्षेत्रमा ५० वर्षीय पुरुषको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । उनी पहिलेदेखि नै अन्य स्वास्थ्य समस्याबाट जुधिरहेका थिए ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण अझै फैलिन सक्ने बताउँदै कुनै पनि परिस्थितिको सामना गर्न अमेरिका तयार रहेको बताएका छन् । अमेरिकाले इरान यात्रामा रोक लगाइसकेको छ भने इटली र दक्षिण कोरिया नजान अपिलसमेत गरेको छ ।

विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले विश्वका सबै देशमा कोरोना भाइरस फैलिने चेतावनी दिँदै सतर्कता अपनाउन आह्वान गरेको छ । चीनको बुहानबाट सुरु भएको कोरोना भाइरसबाट हालसम्म करिब ३ हजार जनाको मृत्यु भइसकेको छ भने ८५ हजारभन्दा बढी मानिस संक्रमित छन् ।