Tuesday 18th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

कोरोनाबाट २७ सयको मृत्यु, ८० हजार संक्रमित

Tuesday, February 25, 2020 National Power

काठमाडौं-  चीनबाट सुरु भएर विश्वका २ दर्जन बढी मुलुकमा फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसबाट २७ सय १ जनाको मृत्यु भएको छ । मंगलबार बिहानसम्ममा चीनमा मात्रै यो संक्रमणबाट २ हजार ६ सय ६३ जनाको ज्यान गएको छ ।

पछिल्लो विवरणअनुसार, इरानमा १२, दक्षिण कोरियामा ९, इटलीमा ७, डायमण्ड प्रिन्सेसमा ४, हङकङ २, जापान, फिलिपिन्स, ताइवान र फ्रान्समा एक/एक जनाको ज्यान गएको छ ।

कोरोनाको संकेत देखिएका २७ हजार ६६८ जनाले स्वास्थ लाभ गरिसकेका छन् । पछिल्लो पटक चीनमा ५०९, दक्षिण कोरियामा ६० र इटलीमा २ जना कोरोना भाइरसको संकेत देखिएको छ ।

चीनको हुवेबाट सुरु भएको भनिएको कोभिड १९ भाइरसको लक्षण ८० हजार १५० जनामा देखिएको एजेन्सीहरूले जनाएका छन् । जसमध्ये दुई हजार ४९१ चीनको मुख्य भूमि बाहिरका छन् । कोरोनाको लक्षण चीन बाहिर सबैभन्दा बढी दक्षिण कोरियामा ८९३ जनामा देखिएको छ । दक्षिण कोरियामा २२ जनाले स्वास्थ्य लाभ गरिसकेका छन् भने ५ जना सिकिस्त छन् ।

नेपालसहित श्रीलंका, फिनल्याण्ड, इजिप्ट, कम्बोडिया र बेल्जियममा एकरएक जनामा भाइरसको लक्षण देखिएको र उनीहरू सबैले स्वास्थ्य लाभ गरिसकेका छन् । सिकिस्त बिरामीमध्ये मृत्युदर ९ प्रतिशत छ ।