Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

चलचित्र लंगौटीको ट्रेलर सार्वजनिक (हेर्नुस् भिडियो)

Saturday, February 22, 2020 National Power

१० , फागुन / काभ्रेपलान्चोक – बनेपा पछिल्लो समय नेपाली चलचित्रले पुराना कुराहरुलाई बढी महत्व दिन थालिएको छ । जसमध्ये एक चलचित्र हो लंगौटी । पहिले नै पोस्टरमा चर्चा बटुलेको यस फिल्मको ट्रेलर सार्वजनिक भएको छ ।

चलचित्र प्रदर्शन मिति असार ५ तोकिएको छ । निर्देशक सुजन खातिवडाका अनुसार लंगौटी चलचित्र एक पुरानो रितिरिवाज, कुरुकुल शिक्षा प्रणाली र जातीय परम्परालाई समेटेर बनाइएको डकुमेन्ट्री हो ।

फिल्ममा उमेश मायालु, आकाश नेपाली, सन्ध्या श्रेष्ठ, बसन्त आचार्य, सुजन खतिवडा , पुरुषोत्तम नेपाल, सुशील सैजु, शिव आचार्य, जगत स्टन्ट मेन, निशा कार्की, रोहित दंगाल, कञ्चन सापकोटा, सुदिप रेग्मी, विनोद तिमिल्सिना, निशा सापकोटा, कुमार थापा, जोसिला विक लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा प्रज्वल देवाङ्, बासु न्यौपाने र दिनेश मुस्कानको छायांकन रहेको छ भने अनन्त घिमिरेले फिल्मलाई सम्पादन गरेका छन् ।

यस फिल्मको कथा निर्देशक खतिवडाले नै लेखेका हुन् भने पटंकथा नवराज गजुरेलले लेखेका हुन् । यस फिल्मको सह निर्माता सुशील सैंजु र शिव आर्चाय हुन भने चलचित्रमा सह निर्देशनमा मनोज खड्का रहेका छन्।