Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

नेकपा सचिवालय बैठक बस्दै, एमसीसीको मुद्दामा रस्साकस्सी पर्ने

Saturday, February 22, 2020 National Power

काठमाडौं-  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बस्दैछ । आज अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा एमसीसीको मुद्दा प्रमुख हुनेछ । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)बारे वरिष्ठ नेता झलनाथ खनाल संयोजकत्वको तीन सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल हुने बुझिएको छ । खनालको प्रतिवेदनमा संशोधन गरेर मात्र एमसीसी पारित गर्नुपर्ने सुझाव दिइएको छ । यसबारे आज गम्भीर छलफल गरेर टुंगोमा पुग्ने प्रयास हुने बुझिएको छ ।

एमसीसी पारित गर्नुपर्ने पक्षमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र उनका पक्षधर रहेका छन् । तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल संशोधन विना पारित गर्न नहुने पक्षमा छन् । एमसीसी मुद्दाले नेकपाभित्र ध्रुवीकरण बनेको छ । नेकपाभित्र पछिल्लो समय भ्रष्टाचारको मुद्दा पेचिलो बन्दै गएको छ । अनियमितताको विषय आएपछि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड गम्भीर भएका छन् । यसबारे समेत छलफल हुने बुझिएको छ ।