Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

कोशिपारी अनलाइन रोधी घर संचालन 

Sunday, February 16, 2020 National Power

अरबिन्द्र गौतम / काभ्रेपलान्चोक 

काभ्रेपलान्चोक – बनेपा नव प्रतिभाको खोजी संस्कृतिको जगेर्ना कला र गलाको सम्मान हाम्रो अभियान भन्ने मुल नाराका साथमा काभ्रेपलान्चोक जिल्ला बाट संचालित कोशिपारी अनलाइन रोधी घर संचालनमा आएको छ ।

पहिला सुनकोशी अनलाइन रोधी घर नामले संचालनमा आएको थियो भने अहिले नाम परिवर्तन गरि कोशिपारी अनलाइन रोधी घर राखिएको छ । रोधिको स्थापन २०७६ सालमा इन्द्र प्रसाद चौलागाईंले संचालन गर्नु भएको थियो भने अहिले कोशिपारीका सम्पुर्ण भु(भाग तथा ब्याक्तीहरु लाई समेटेर रोधी संचालन गरिएको छ ।

कोशिपारी अनलाइन रोधी घरमा दोहोरी घम्सा घम्सी गाउने र रमाइलो गर्न साथै आफ्नो ठाउँमा दोहोरी सम्बन्धि हुने सम्पुर्ण कार्यक्रममा दोहोरी घर बाट सहभागीता जनाउनुको साथै नयाँ लाई प्रोत्साहन गर्न र पुरानालाई सम्मान गर्न उदेश्यले खोलिएको छ ।