अरबिन्द्र गौतम / काभ्रेपलान्चोक
काभ्रेपलान्चोक – बनेपा नव प्रतिभाको खोजी संस्कृतिको जगेर्ना कला र गलाको सम्मान हाम्रो अभियान भन्ने मुल नाराका साथमा काभ्रेपलान्चोक जिल्ला बाट संचालित कोशिपारी अनलाइन रोधी घर संचालनमा आएको छ ।
पहिला सुनकोशी अनलाइन रोधी घर नामले संचालनमा आएको थियो भने अहिले नाम परिवर्तन गरि कोशिपारी अनलाइन रोधी घर राखिएको छ । रोधिको स्थापन २०७६ सालमा इन्द्र प्रसाद चौलागाईंले संचालन गर्नु भएको थियो भने अहिले कोशिपारीका सम्पुर्ण भु(भाग तथा ब्याक्तीहरु लाई समेटेर रोधी संचालन गरिएको छ ।
कोशिपारी अनलाइन रोधी घरमा दोहोरी घम्सा घम्सी गाउने र रमाइलो गर्न साथै आफ्नो ठाउँमा दोहोरी सम्बन्धि हुने सम्पुर्ण कार्यक्रममा दोहोरी घर बाट सहभागीता जनाउनुको साथै नयाँ लाई प्रोत्साहन गर्न र पुरानालाई सम्मान गर्न उदेश्यले खोलिएको छ ।