Sunday 5th February 2023

    एनआरएनए सचिव न्यौपाने सोसियल अवार्डद्वारा मलेसियामा सम्मानित    रोहित दंगालले गरे आफ्नो जन्म दिनको अवसरमा श्री प्राणनाथ माइती वृद्ध आश्रमलाई खाद्यान्न सहयोग    जनस्वास्थ्यसँग सरोकारित आयोडिनयुक्त नुनको पहुँच बिस्तारमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले भूमिका प्रभावकारी: राष्ट्रिय उपभोक्ता मंच अध्यक्ष    एक दुई वटा सहकारीमा समस्य आयो भन्दैमा सबै सहकारीलाई नराम्रो भन्न मिल्दैन : शान्तमणी रिजाल    गीतसंगीत कै शिलशिलामा देश तथा बिदेशी हिडिरहेको छु – लोकप्रिय गायक हरि कर्माचार्य

सनम कठायत र ऋचा थापा आकर्षक प्रेम मुन्द्रामा (भिडियो सहित)

Friday, January 17, 2020 National Power

काठमाण्डौ – पहिलो भोईस अफ नेपाल बिजेता लोकप्रिय गायक सिडि विजय अधिकारीको प्रतिक्षित गीत मोहनी एभरेष्ट ग्यालरी मार्फत सार्वजनिक भएकोछ । गीतकार नारद आचार्य सुदामाको शब्द रचनामा प्रसिद्ध संगितकार राजकुमार बगर संगित रहेको उक्त गीतको भिडियो निर्माण एभरेष्ट ग्यालरी टिमले गरेको छ ।
मुस्ताङका विविध स्थानहरुमा छायांकन गरिएको उक्त भिडियोमा सनम कठायत र ऋचा थापालाइ आकर्षक प्रेम मुन्द्रामा हेर्न सकिन्छ ।

अन्जन शर्माको निर्देशन , मुकेश हुमागाइको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको उक्त भिडियो सार्वजनिक पुर्वनै चर्चामा रहेको थियो । निर्माण समूह दर्शक स्रोताको माया पाउने कुरामा ढुक्क छ ।