Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

मकर स्नान गरी देशैभरि उल्लासका साथ माघे संक्रान्ति मनाइँदै

Wednesday, January 15, 2020 National Power

काठमाडौ – आज माघे संक्रान्ति, परम्परागत रुपमा देशभर तथा नेपालीहरु बसोबास गर्ने विभिन्न मुलुकहरुमा धुमधामका साथ मनाइँदै छ । देशभर विभिन्न जाति र समुदायले आ–आफ्नै मुल्य९मान्यताअनुसार माघे संक्रान्ति मनाइरहेका छन् । आजको दिनदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघे संक्रन्तिलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ ।

आजकै दिनबाट हिउँद घट्दै जाने र वसन्तका साथै ग्रिष्म ऋतु बढ्दै जाने मान्यता पनि रहिआएको छ । माघे संक्रान्तिमा सबेरै उठेर नुहाईधुवाई गरेर, चोखो कपडा लगाई तील र चाकु मिसाएको परिकार तथा तरुल आदि खाने चलन छ । माघे संक्रान्ति थारु र मगर समुदायको मुख्य चाँड हो । थारु र मगर समुदायले माघे संक्रान्तिलाई माघी पर्वको नामले मनाउने गरेका छन् ।

पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुरलगायत जिल्लामा थारु समुदायले धुमधामका साथ माघी मनाइरहेको छन् । उता मगर समुदायको बाहुल्य क्षेत्रमा पनि माघीले छुट्टै रौनक थपेको छ ।

साथै सुदूरपश्चिम प्रदेशमा आजको दिनलाई ‘नरहरी’ पर्वको नामले धुमधामसाथ मनाइन्छ । आजको दिन बिहानै कागलाई चामलबाट बनेको विशेष रोटी ‘झुनमुने’ खुवाएर नुहाइधुवाइ गरी मनाइन्छ ।

यसैबीच, माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा राजनीतिक दलका नेताहरुले शुभकामना समेत दिएका छन् ।