Sunday 1st March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

थापाथलीको खाद्य गोदाममा भेटियो कुहिएको चामल

Sunday, December 29, 2019 National Power

काठमाडौं – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (साविकको नेपाल खाद्य संस्थान)मा ४८७ क्वीन्टल कुहिएको चामल भेटिएको छ । संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले उपभोक्ता अधिकारकर्मीसहित आइतबार थापाथलीस्थित गोदाममा अनुगमन गर्दा कुहिएको बास्मती चामल फेला परेको हो ।

गोदाममा चार वर्ष पुरानो र उपभोग्य मिति नभएको चामलसमेत भेटिएको छ । जापान सरकारले अनुदानमा दिएको टाइचिन चामलमा उत्पादन मिति लेखिए पनि उपभोग्य मिति नभएको पाइएको छ । सिमीको दालमा लेबल भेटिएन भने बास्मती चामलमा हातले लेखिएको लेबल भेटिएको छ ।

अनुगमन समितिले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ६ अनुसार लेबल नभएको उपभोग्य बस्तु बिक्री गर्न नपाइने भएकोले कारबाहीको लागि नमूना संकलन गरेको जनाएको छ । अनुगमनमा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिका सभापति विमल श्रीवास्तवसहित ४ जना सांसद, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य विभाग र उपभोक्ता अधिकारकर्मीहरु सहभागी छन् ।