Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

चैत्र भित्र कोशीपारी सडक पिच गरी सकिने

Saturday, December 21, 2019 National Power

 

अरबिन्द्र गौतम / काभ्रेपलान्चोक
५ ,  पुस / काभ्रेपलान्चोक  – बनेपा काभ्रेको बिकट गाउँ कोशीपारी राजधानीबाट नजिकै रहेता पनि यातायातको हिसाबले दुर्गमनै मान्नु पर्दछ । सडकको अबस्था साथै दैनिक जसो दुर्घटनाले सर्बसाधरण त्रसित भएका छन । टाढा टाढाबाट जाने यात्रुहरु झनै डरले भुत्तुकै हुने गर्दछन ।

अब भने यहाँका जनताहरु खुशी हुने दिन आएको छ । आज बसेको ए डि बि मिसन टिमले काभ्रे कोशीपारी दोलालघाट देखि चौरी खोला सम्मका सडक यसै चैत्र भित्र पिच गरिसक्नु पर्ने सडक निर्माण ब्याबसायीलाई निर्देशन दिएको छ ।

चौरी देउराली गाउँपालीकामा बसेको सर्वदलीय बैठकले यो निर्णय पारित गरेको हो । सडक निर्माण भएको झण्डै २० बर्ष पुग्दा समेत यहाँको सडक जस्ताको तस्तै रहेको हुनाले चौरीदेउराली गाउँपालीका अध्यक्ष दिननाथ गौतमले सर्बदलिय सयन्त्रमा रहेको हुदा यो योजना अगाडि बढाइएको बताउनु भयो ।

दोलालघाट देखि कोलाती, सल्ले ढाडखर्क, चौरीकोला सडक यसै चैत महिना सम्म द्रुत गतिमा पिच गरिसक्नु पर्ने निर्माण ब्याबसायी लाई चौरी देउराली गाउँपालीकाले निर्देश दिएको हो । यसै चौरी देउराली ५ का वडा अध्यक्ष राजकुमार गौतमले आफ्नो फेसबुक मार्फत जानकारी गराएका छन ।