Thursday 18th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

चैत्र भित्र कोशीपारी सडक पिच गरी सकिने

Saturday, December 21, 2019 National Power

 

अरबिन्द्र गौतम / काभ्रेपलान्चोक
५ ,  पुस / काभ्रेपलान्चोक  – बनेपा काभ्रेको बिकट गाउँ कोशीपारी राजधानीबाट नजिकै रहेता पनि यातायातको हिसाबले दुर्गमनै मान्नु पर्दछ । सडकको अबस्था साथै दैनिक जसो दुर्घटनाले सर्बसाधरण त्रसित भएका छन । टाढा टाढाबाट जाने यात्रुहरु झनै डरले भुत्तुकै हुने गर्दछन ।

अब भने यहाँका जनताहरु खुशी हुने दिन आएको छ । आज बसेको ए डि बि मिसन टिमले काभ्रे कोशीपारी दोलालघाट देखि चौरी खोला सम्मका सडक यसै चैत्र भित्र पिच गरिसक्नु पर्ने सडक निर्माण ब्याबसायीलाई निर्देशन दिएको छ ।

चौरी देउराली गाउँपालीकामा बसेको सर्वदलीय बैठकले यो निर्णय पारित गरेको हो । सडक निर्माण भएको झण्डै २० बर्ष पुग्दा समेत यहाँको सडक जस्ताको तस्तै रहेको हुनाले चौरीदेउराली गाउँपालीका अध्यक्ष दिननाथ गौतमले सर्बदलिय सयन्त्रमा रहेको हुदा यो योजना अगाडि बढाइएको बताउनु भयो ।

दोलालघाट देखि कोलाती, सल्ले ढाडखर्क, चौरीकोला सडक यसै चैत महिना सम्म द्रुत गतिमा पिच गरिसक्नु पर्ने निर्माण ब्याबसायी लाई चौरी देउराली गाउँपालीकाले निर्देश दिएको हो । यसै चौरी देउराली ५ का वडा अध्यक्ष राजकुमार गौतमले आफ्नो फेसबुक मार्फत जानकारी गराएका छन ।