Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

बिकृतीलाई न्युनिकरन गरि प्रतिबन्ध लगाउनु पर्छ ; मोडल सन्जिब ठकुरी

Tuesday, December 17, 2019 National Power

दोलखा जिल्लाको मेलुङ्गमा जन्मनुभएको चर्चित मोडल सन्जिब ठकुरी आज भोलि निकै ब्यस्त हुनुहुन्छ गाउन नाच्न मन पराउने ठकुरी पछिल्लो समयमा निकै चर्चामा आउनु भएको छ । उहाँको काम लाई धेरै दर्शक श्रोताले मन पर्यौनु भएको छ जसले गर्दा नै ब्यस्त हुन्छ । छ प्रस्तुत छ काभ्रेपलान्चोक बाट प्रकाशित नव क्षितिज साप्ताहिकका लागि अरबिन्द्र गौतमले गरेको रमाइलो कुराकानी ;

० आज भोलि केमा ब्यस्त हुनु हुन्छ ?
आज भोलि भिडियोको कार्यक्रम तिर नै ब्यस्त छु ।

० सुरुका दिनहरु बारे बताउनुहोस कलाकारिता क्षेत्रमा कसरी लाग्नु भयो ?
सानै देखि कलाकारिता क्षेत्रमा आउने रहर थियो । गाउँ घर तिरको पुजा जात्रा तिर जाने आफ्नो प्रस्तुति दिने र स्कुलमा पनि भाग लिदै घर आगन तिर नाच्दै यो क्षेत्रमा लागे ।

० मोडलिङ क्षेत्र राम्रो छैन भन्ने गरिन्छ किन यस क्षेत्रमा नै लाग्नु भयो ?
सबैलाई सबै कुरा राम्रो नलाग्न सक्छ तर जसले बुझेर आउनु हुन्छ । उहाँहरु लाई राम्रो अबस्य लाग्ने छ र मेरो सानै देखि रुचि र सुरुवाती दिन बाट दुख गर्दै आएको कारण मलाई यो क्षेत्रमा राम्रो छ ।

० यस क्षेत्र बाट बाच्न सक्नु हुन्छ र रोज्नु भएको हो ?
यो क्षेत्रमा जसले सुरुवाती दिन बाट बुझदै आउनु भएको छ । उहाँहरुलाई बाच्न कुनै गार्‍हो छैन जस्तो लाग्छ र मैले धेरै कुरा बुझेको कारणले र मेरो मेहनतको साथै समय अनुसार चल्न सक्यो भने बाच्न कठिनै छ झै लाग्दैन ।

० मोडलिङ क्षेत्रमा आएको बिकृतिलाइ तपाईले कसरी लिनु हुन्छ ?
पछिल्लो समय आएको बिकृतीलाई यति धेरै सँघ सस्थाहरु छन ती सबै सँघ सस्था मिलि एउटा सेन्सर बोड बनाई न्युनिकरन गरि प्रतिबन्ध लगाइयो भने के हि हत कम हुन्छ कि ।

० मोडलिङ क्षेत्रमा चर्चामा आउनको लागि अङ्ग प्रदर्सन गर्छन् के तपाई पनि यस्तो गर्नु हुन्छ ?
हा हा हा हासो उठदो कुरो केटि साथीको अगाडि हामी कटा अङ्ग प्रदसनमा चाहिँ कमै पर्छौ होला तर अङ्ग प्रदसन गरेर चर्चामा आउने चाहिँ छोटो समयको लागी मात्रै हो झै लाग्छ मलाई र यस्तो चाहिँ अहिले सम्म गरे झै लाग्दैन मलाई

० तपाईंले मोडलिङ गरेको सबै भन्दा चर्चाको गित कुन हो ?
चर्चामा आएको गीत त धेरै छन तर चर्चामा ल्याउन र सन्जीब भनेर चिनाउने गीत चाहिँ ओके छ त भन्ने गीत हो ।

० भबिस्यमा गएर तपाई लाई कस्तो मोडल बन्न मन छ ?
मलाई चर्चित बन्नु छैन लोक प्रिय बन्नु छ । मलाई भाइरल भन्नू छैन सदाबाहार बन्नु छ सबैको मन जित्न सकु हिजो को हो भन्नू हुनेले भोलि ओ हो भन्न सक्ने मोडल बन्न मन छ ।

० तपाईंको विचारमा एउटा सफल कलाकार हुनको लागि के के कुराको आवश्यकता पर्दछ ?
पहिलो त मेहनत अनि अबसर त्यसै गरि घर परिवार साथी भाइ र दर्सक श्रोता साथ र मायाले सफल भन्न सकिएला झै लाग्छ ।

० जिबन के हो ?
जीवन एउटा संघषको मैदान हो जहाँ दिन रात नभनी संघष गर्नै पछ । बुझनेलाई हिरा नबुझनेलाई किरा

० सेक्स के हो रु अनुभव छ कि छैन ?
दुई आत्माको मेल + प्रकृतिको नियम र मानव जिबनको आधारभुत आवश्यकता । अनुभव गरेको छु अनुभव गर्दा सन्सार नै भुले झै लागेको छ ।

० भाबी योजना के बनाउनु भएको छ ?
यहि क्षेत्रमा लागि रहने राम्रै गरे झै लगेको अहिले सम्म अझै मेहनत गर्ने र दर्सकहरुको मन जित्दै जाने सबैको प्यारो बन्ने योजना छ ।

० अन्तमा के भन्न चाहानु हुन्छ ?
आफ्नो ब्यस्थताको बाबजुत पनि मेरो जिबनको भोगाइ र तिता मिठा कुरा राख्ने मौका दिनु भो नब क्षितिज साप्ताहिक र हजुर प्रती अभारी छु साथै सम्पुर्ण मेरो भगवान दर्सक प्रती झनै आभारी छु । धन्यवाद