दोलखा जिल्लाको मेलुङ्गमा जन्मनुभएको चर्चित मोडल सन्जिब ठकुरी आज भोलि निकै ब्यस्त हुनुहुन्छ गाउन नाच्न मन पराउने ठकुरी पछिल्लो समयमा निकै चर्चामा आउनु भएको छ । उहाँको काम लाई धेरै दर्शक श्रोताले मन पर्यौनु भएको छ जसले गर्दा नै ब्यस्त हुन्छ । छ प्रस्तुत छ काभ्रेपलान्चोक बाट प्रकाशित नव क्षितिज साप्ताहिकका लागि अरबिन्द्र गौतमले गरेको रमाइलो कुराकानी ;
० आज भोलि केमा ब्यस्त हुनु हुन्छ ?
आज भोलि भिडियोको कार्यक्रम तिर नै ब्यस्त छु ।
० सुरुका दिनहरु बारे बताउनुहोस कलाकारिता क्षेत्रमा कसरी लाग्नु भयो ?
सानै देखि कलाकारिता क्षेत्रमा आउने रहर थियो । गाउँ घर तिरको पुजा जात्रा तिर जाने आफ्नो प्रस्तुति दिने र स्कुलमा पनि भाग लिदै घर आगन तिर नाच्दै यो क्षेत्रमा लागे ।
० मोडलिङ क्षेत्र राम्रो छैन भन्ने गरिन्छ किन यस क्षेत्रमा नै लाग्नु भयो ?
सबैलाई सबै कुरा राम्रो नलाग्न सक्छ तर जसले बुझेर आउनु हुन्छ । उहाँहरु लाई राम्रो अबस्य लाग्ने छ र मेरो सानै देखि रुचि र सुरुवाती दिन बाट दुख गर्दै आएको कारण मलाई यो क्षेत्रमा राम्रो छ ।
० यस क्षेत्र बाट बाच्न सक्नु हुन्छ र रोज्नु भएको हो ?
यो क्षेत्रमा जसले सुरुवाती दिन बाट बुझदै आउनु भएको छ । उहाँहरुलाई बाच्न कुनै गार्हो छैन जस्तो लाग्छ र मैले धेरै कुरा बुझेको कारणले र मेरो मेहनतको साथै समय अनुसार चल्न सक्यो भने बाच्न कठिनै छ झै लाग्दैन ।
० मोडलिङ क्षेत्रमा आएको बिकृतिलाइ तपाईले कसरी लिनु हुन्छ ?
पछिल्लो समय आएको बिकृतीलाई यति धेरै सँघ सस्थाहरु छन ती सबै सँघ सस्था मिलि एउटा सेन्सर बोड बनाई न्युनिकरन गरि प्रतिबन्ध लगाइयो भने के हि हत कम हुन्छ कि ।
० मोडलिङ क्षेत्रमा चर्चामा आउनको लागि अङ्ग प्रदर्सन गर्छन् के तपाई पनि यस्तो गर्नु हुन्छ ?
हा हा हा हासो उठदो कुरो केटि साथीको अगाडि हामी कटा अङ्ग प्रदसनमा चाहिँ कमै पर्छौ होला तर अङ्ग प्रदसन गरेर चर्चामा आउने चाहिँ छोटो समयको लागी मात्रै हो झै लाग्छ मलाई र यस्तो चाहिँ अहिले सम्म गरे झै लाग्दैन मलाई
० तपाईंले मोडलिङ गरेको सबै भन्दा चर्चाको गित कुन हो ?
चर्चामा आएको गीत त धेरै छन तर चर्चामा ल्याउन र सन्जीब भनेर चिनाउने गीत चाहिँ ओके छ त भन्ने गीत हो ।
० भबिस्यमा गएर तपाई लाई कस्तो मोडल बन्न मन छ ?
मलाई चर्चित बन्नु छैन लोक प्रिय बन्नु छ । मलाई भाइरल भन्नू छैन सदाबाहार बन्नु छ सबैको मन जित्न सकु हिजो को हो भन्नू हुनेले भोलि ओ हो भन्न सक्ने मोडल बन्न मन छ ।
० तपाईंको विचारमा एउटा सफल कलाकार हुनको लागि के के कुराको आवश्यकता पर्दछ ?
पहिलो त मेहनत अनि अबसर त्यसै गरि घर परिवार साथी भाइ र दर्सक श्रोता साथ र मायाले सफल भन्न सकिएला झै लाग्छ ।
० जिबन के हो ?
जीवन एउटा संघषको मैदान हो जहाँ दिन रात नभनी संघष गर्नै पछ । बुझनेलाई हिरा नबुझनेलाई किरा
० सेक्स के हो रु अनुभव छ कि छैन ?
दुई आत्माको मेल + प्रकृतिको नियम र मानव जिबनको आधारभुत आवश्यकता । अनुभव गरेको छु अनुभव गर्दा सन्सार नै भुले झै लागेको छ ।
० भाबी योजना के बनाउनु भएको छ ?
यहि क्षेत्रमा लागि रहने राम्रै गरे झै लगेको अहिले सम्म अझै मेहनत गर्ने र दर्सकहरुको मन जित्दै जाने सबैको प्यारो बन्ने योजना छ ।
० अन्तमा के भन्न चाहानु हुन्छ ?
आफ्नो ब्यस्थताको बाबजुत पनि मेरो जिबनको भोगाइ र तिता मिठा कुरा राख्ने मौका दिनु भो नब क्षितिज साप्ताहिक र हजुर प्रती अभारी छु साथै सम्पुर्ण मेरो भगवान दर्सक प्रती झनै आभारी छु । धन्यवाद