Wednesday 23rd April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

बम विस्फोट अनुसन्धान गर्न प्रहरीले बनायो टोली, घटनामा संलग्न भएको आशंकामा ३ पक्राउ

Saturday, December 14, 2019 National Power

धनुषा— जिल्लाको महेन्द्रनगरमा बम विस्फोट घटनामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । शुक्रबार मध्यराति ३ जनाको मृत्यु हुने गरी भएको विस्फोटमा संलग्न रहेको आशंकामा प्रहरीले २ महिला र १ पुरुषलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार विस्फोटको घटना अनुसन्धानका लागि प्रहरी निरीक्षक उमाशंकर साहको नेतृत्वमा ७ सदस्यीय अनुसन्धान टोली गठन भएको छ।

महेन्द्रनगरमा बम विस्फोट हुँदा प्रहरी निरीक्षक (इन्स्पेक्टर) अमिर कुमार दाहाल, घरधनी ४६ वर्षीय राजेश साह र उनका छोरा २४ वर्षीय आनन्दको मृत्यु भएको थियो।