Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

बम विस्फोट अनुसन्धान गर्न प्रहरीले बनायो टोली, घटनामा संलग्न भएको आशंकामा ३ पक्राउ

Saturday, December 14, 2019 National Power

धनुषा— जिल्लाको महेन्द्रनगरमा बम विस्फोट घटनामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । शुक्रबार मध्यराति ३ जनाको मृत्यु हुने गरी भएको विस्फोटमा संलग्न रहेको आशंकामा प्रहरीले २ महिला र १ पुरुषलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार विस्फोटको घटना अनुसन्धानका लागि प्रहरी निरीक्षक उमाशंकर साहको नेतृत्वमा ७ सदस्यीय अनुसन्धान टोली गठन भएको छ।

महेन्द्रनगरमा बम विस्फोट हुँदा प्रहरी निरीक्षक (इन्स्पेक्टर) अमिर कुमार दाहाल, घरधनी ४६ वर्षीय राजेश साह र उनका छोरा २४ वर्षीय आनन्दको मृत्यु भएको थियो।