Saturday 14th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

हिमाली भागमा शुक्रबारसम्मै भारी हिमपात, सतर्क रहन मौसमविद्को आग्रह

Wednesday, December 11, 2019 National Power

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले हिमाली भागमा भारी हिमपातको सम्भावना औंल्याउँदै सतर्कता अपनाउन आग्रह गरेको छ । मौसमविदले पश्चिम, मध्य र पूर्वी पहाडी भागमा ३ दिन पानी पर्ने प्रक्षेपण पनि गरेका छन् । विभागले बुधबार बिहान तीनदिने मौसमी विश्लेषण सार्वजनिक गर्दै देशको हिमाली भागमा हिमपात हुने जनाएको हो । विभागका मौसमविदहरूका अनुसार, पश्चिमी उच्च पहाडी हिमाली भू–भागसँगै मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भागमा ३ दिन भारी हिमपात हुने सम्भावना छ । हिमपातबाट यी क्षेत्रको जनजीवन प्रभावित हुने भएकाले सतर्क रहन उनीहरूले सुझाएका छन् ।

‘पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागहरुका केही स्थानहरूमा भारी र मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भू–भागका एकरदुई स्थानमा हल्कादेखि मध्यम हिमपात हुने हुँदा पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका स्थानहरूमा सतर्कता अपनाउनु हुन अनुरोध गरिन्छ’, विभागले आगामी २४ घण्टाका लागि चेतावनी र परामर्श जारी गर्दै भनेको छ ।

विभागका अनुसार, आगामी शुक्रबारसम्मै यी क्षेत्र हिमपातको चपेटामा परिरहनेछन् । त्यसपछिका दिनमा हिमपात यथावत रहन्छ या हट्छ भन्नेबारे भने विभागले केही खुलाएको छैन । विभागसँग प्रविधि नभएकाले उसले ३ दिनको मात्रै मौसमी अनुमान गर्ने गरेको छ ।

विभागका अनुसार हालसम्म नेपालमा उल्लेखनीय मौसमी प्रणाली विकास नभए पनि रातिबाट भने पश्चिम निम्न चापीय प्रणाली विकास हुनेछ । हाल देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदली भए पनि पश्चिम भू–भागसँगै मध्य र पूर्वी पहाडी भूभागका एक दुई स्थानमा दिउँसो र राति हल्का वर्षाको सम्भावना मौसमविद्ले औंल्याएका छन् । मौसमविद्हरूका अनुसार यो क्रम आगामी शुक्रबारसम्मै जारी रहनेछ ।