Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

जाडोमा अदुवा : कति रोगका लागि हानिकारक

Thursday, November 28, 2019 National Power

जाडो मौसममा अदुवाको सेवन गर्नु अति नै फाइदाजनक हुन्छ । यसले शरीरलाई तातो बनाउनुको साथै रुघा-खोकी, ज्वरो, घाँटी खस्खसाउने जस्ता समस्याहरुबाट मुक्ति प्रदान गर्छ । तर, कहिलेकाहीँ अदुवाको सेवन कुनै व्यक्तिको लागि ज्यान नै जाने कारण पनि हुनसक्छ । अदुवाको सेवन हरेकको लागि फाइदाजनक हुँदैन । त्यस्ता धेरै व्यक्तिहरु छन् । जसलाई अदुवाको सेवन शरीरका लागि खतरनाक प्रमाणित हुन सक्छ । आज हामी त्यस्ता रोगहरुको बारेमा चर्चा गर्ने छौं, जसमा अदुवाको सेवनले नोक्सान पुर्‍याउन सक्छ ।

औषधि खाने व्यक्तिहरुका लागि

हरेक दिन औषधि लिने व्यक्तिहरुका लागि अदुवाको सेवन खतरनाक हुन सक्छ । यदि कुनै व्यक्तिले दिनहुँ औषधि प्रयोग गर्छ भने उनीहरुले अदुवाको सेवन गर्नुहुँदैन । किनभने ती औषधिमा समावेश ड्रग्सहरु जस्तै बेटा-ब्लोकर्स, एन्टिकोगुलेन्ट र इन्सुलिन अदुवासँग मिलेपछि खतरनाक मिश्रण बन्छ ।

गर्भधारणमा अदुवाको सेवन हुन सक्छ खतरनाक

गर्भधारण भएको समयमा अदुवाको सेवन गर्नुहुँदैन । सुरुवाती महिनामा अदुवाको सेवन राम्रो भए पनि पछि यसको सेवनले नोक्सान पुर्‍याउन सक्छ । बच्चा जन्मनु तीन महिना अगाडि अदुवाको सेवन खतरनाक हुनसक्छ । यो समयमा अदुवाको सेवन गर्नाले प्रिम्याच्योर डेलिभरी र लेबर हुने खतरा हुन्छ ।

पित्तको पत्थरी भएकाहरुका लागि

पित्तको पत्थरी भएको व्यक्तिलाई अदुवाको सेवन खतरनाक हुनसक्छ । वास्तवमा अदुवाको सेवनले शरीरमा भाइल जुस अत्याधिक मात्रामा बनाउन सुरु हुन्छ । पित्तको पत्थरी हुँदा त्यो जुस बढी मात्रामा निर्माण हुनु खतरनाक हुनसक्छ । त्यसैले यस्तो स्थितिमा अदुवाको सेवन गर्नुहुँदैन ।

अपरेशन गरेका व्यक्तिहरुका लागि

यदि तपाइर्ं कुनै अपरेसन गर्दै हुनुहुन्छ भने तपाइर्ंले दुई हप्ताअघिदेखि नै अदुवाको सेवन गर्नुहुँदैन । किनभने अदुवाको सेवन गर्नाले रगत पातलो हुन्छ । जुन सामान्य स्थितिमा शरीरको लागि ठिक होइन । सर्जरीको समयमा अदुवाको सेवन गर्नाले तपाईंको शरीरबाट बढी मात्रामा रगत बग्न सक्छ ।

दुब्लो मानिसका लागि

यदि तपाईं दुब्लो-पातलो हुनुहुन्छ भने अदुवाको सेवन तपाइर्ंका लागि हानिकारक हुन्छ । किनभने अदुवामा फाइबर हुन्छ र यसले शरीरको पीएच लेवललाई बढाउँछ । जसले गर्दा खाना पचाउने एन्जाइम्स एक्टिवेट हुन्छ । यसले चिल्लो पदार्थलाई तीब्र गतिमा उत्पन्न गराउँछ र भोक कम लाग्छ, जसका कारण वजन कम हुन थाल्छ ।

रगत सम्बन्धी समस्या हुनेहरुका लागि

जुन व्यक्तिमा रगत विकारको समस्या हुन्छ । ती व्यक्तिहरुले अदुवाको सेवन गर्नुहुँदैन । किनभने अदुवाको सेवनले रगत पातलो हुन्छ । यहि कारणले गर्दा केही व्यक्तिहरुलाई हल्का घाउ हुँदा पनि रगत धेरै बग्छ ।