Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

एक सफल उद्यमी बन्न चाहन्छु ; उद्यमि राजकुमार दुलाल

Tuesday, November 26, 2019 National Power

 

१० , मङ्सिर / बनेपा – काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका वडा नं ५ चौकोटमा जन्मनुभएको एक युवा राजकुमार दुलाल आज भोलि निकै व्यस्त हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा आवद्ध हुनुहुन्छ उहाँ सफल उद्यमिको साथै सफल व्यवस्थापकको नाम वाट सु–परिचित हुनुहुन्छ । दुलाल भन्नुहुन्छ काभ्रे जिल्लाकै पहिलो कान्छो उमेरको व्यवस्थापक हुँ । उहाँ हाल स्वर्गद्वारी बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापकको रुपमा काम गरीरहनु भएको छ साथै देउराली क्याफेको पनि सञ्चालक हुनुहुन्छ । प्रस्तुत छ अरविन्द्र गौतमले युवा व्यवसायी राजकुमार दुलाल सँग गरिएको छोटो कुराकानी

आजभोली के मा व्यस्त हुनुहुन्छ ?
म एउटा विद्यार्थी भएको नाताले आफ्नो पढाई व्यवसाय र स्वर्गद्वारी बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापकको रुपमा काम गरीरहेको छु ।

सफल व्यवस्थापक बन्न कत्तिको गाह्रो छ ?
धेरै गाह्रो छ । ब्यापार एउटा जोखिमको खेल भएको कारणले जो सुकैले यो जोखिम उठाउन सक्दैन । आँट र साहस भएको मान्छेले मात्र ब्यवासाय गर्न सक्दछ ।
व्यवस्थापन गर्न आफैँमा गाह्रो छ । तपाईले आफ्नो संस्था र व्यवसाय

कसरी सन्तुलन मिलाइरहनु भएको छ ?
मैले वित्तिय क्षेत्रमा करीब ५ बर्षको अनुभव हाँसिल गरीसकेको हुनाले मलाई कुनै पनि बिषयको ब्यवस्थापन सजिलै गर्न सक्छु भन्ने विश्वास छ र सक्छु पनि ।
ब्यवसाय पनि चलाई रहनु भएको छ । व्यवसाय चलाउँदा तपाईले व्यवस्थापन गर्नुभएको संस्थामा कुनै समस्या त आउँदैन ?
कहिले काँहि समस्या त आँउछ तर म एक ब्यवस्थापक भएको नाताले आएको समस्यालाई कुशलतापूर्वक टुङ्ग्याउँछु । यदि ठूलै समस्या आएको खण्डमा आफू भन्दा अग्रज व्यक्तित्वहरुसँग परामर्स लिएर अगाडी बढ्छु ।

दुइ मध्य एक रोज्नु पर्दा तपाई ब्यवस्थापन गरेर संस्था चलाउनुहुन्छ कि व्यवसाय रोज्नुहुन्छ ?
यदि दुई मध्य एक रोज्नु परेको खण्डमा व्यवसायलाई नै रोज्छु । किनकी म जोखिम सँग खेल्न रुचाउँछु ।

सानै उमेरमा नै यो कसरी सम्भव भयो ?
“असम्भव के छ र रु गर्दा के हुन्न र रु” भन्ने मुल उद्देश्यका साथ उमेरलाई भन्दा पनि कामलाई धेरै प्राथमिकता दिने भएकोले यो सम्भव भएको हो ।

भविष्यमा गएर के बन्न चाहानुहुन्छु ?
म भविष्यमा गएर एक सफल उद्यमी बन्न चाहन्छु ।

योजना केही बनाउनु भएको छ ?
खासै त्यस्तो त केहि छैन । गर्दै जाउँ कत्तिको सफल भईन्छ त्यस पछि मात्र एउटा दिर्घ योजना सहित अघि बढ्नु पर्ला ।