Monday 28th April 2025

    ईसान अस्पतालद्वारा विशेष छुटसहितको सेवा कार्यक्रम, फावन, पिम नेपालसहित चार संस्थासँग सम्झौता    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक

शैक्षिक सामग्री बोकेर हिमानीसहित राजपरिवारका सदस्य पुगे विद्यालय

Saturday, November 23, 2019 National Power

काठमाडौँ – पूर्वयुवराज्ञी हिमानी शाहले शनिबार राजधानीको सिद्धेश्वर माध्यामिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेकी छिन् । छोरा हृदेयन्द्रसहित राजपरिवारका अन्य सदस्य समेत सहभागी उक्त कार्यक्रममा हँसिलो मुद्रामा सहभागि उनले विद्यार्थीलाई ब्यागलगायतका शैक्षिक सामग्री वितरण गरेकी थिइन् ।

लायन्स ब्लब अफ काठमाडौँ युनिक र हिमानी कोषको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा रक्तदान एवम् स्वास्थ्य परीक्षण समेत गरिएको थियो । हिमानीलगायत राजपरिवारका सदस्य त्यहाँ पुग्दा विद्यार्थीहरुले स्वागत गरेका थिए ।