Saturday 2nd May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

अनशनस्थल छाड्न केसीलाई दबाव, डडेल्धुरा अस्पतालमा तनाव

Monday, November 11, 2019 National Power

काठमाडौं – डडेल्धुरामा अनशनरत डा. गोविन्द केसीलाई अनशनस्थल सार्न प्रहरीले दबाव दिएको छ। तर, समर्थकले नसार्न आग्रह गरेपछि केसी उपचाररत डडेल्धुरा अस्पतालमा तनाव भएको छ ।

अनशनस्थलमा रहेका डा.केसीका भाइ किशोरका अनुसार आज बिहानैदेखि प्रहरीले केसीलाई अनशन छोडाएर लैजान दबाव दिएका छन् । ‘प्रहरीले डा. केसीलाई कहाँ लान खोजेको हो, केही जानकारी दिएको छैन । तर, उठाएर लैजान दबाव दिइरहेको छ’, केसीका भाइ किशोरलले भने ।

प्रहरीले केसीलाई अनशनस्थल छाड्न दबाव दिएपछि केसीका समर्थकले भने त्यसो नगर्न प्रहरीसँग आग्रह गरिरहेका छन् । प्रहरी र डाक्टर केसीका समर्थकका कारण अहिले डढेल्धुरा अस्पताल तनावग्रस्त रहेको किशोरले जानकारी दिए।

केसीको पिसाबबाट प्रोटिन गएकाले मिर्गौलामा असर पर्ने भन्दै डडेल्धुरा अस्पतालले हिजैबाट डाक्टर केसीको उपचार गर्न नसक्ने जनाएको छ। अस्पतालले केसीको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको भनी जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य मन्त्रालय लगायतका सरकारी निकायलाई लिखित जानकारी दिइसकेको छ। केसीको रक्तचाप र मुटुको धड्कन अनियमित भएकाले सुविधासम्मपन्न अस्पतालमा उपचार गराउनुपर्ने अस्पतालको भनाइ छ ।

केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गए पनि सरकारले माग सम्बोधनमा पहल नगरेको भन्दै डाक्टर केसीका समर्थकले प्रदर्शन गरिरहेका छन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका केसी ६ दिनअघि डडेल्धुरा पुगेर अनशन बसेका थिए ।