Monday 17th November 2025

    विशिष्ट व्यक्तित्व सम्मानसहित नागरिक समाजको १९ वर्षपूर्ति समारोह सम्पन्न    बुटवलकी रक्षा पन्तले जितिन् मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता

कोशिपारिमा मुलखर्क भिमसेनस्थानमा साँस्कृतिक महोत्सव हुँदै

Tuesday, November 5, 2019 National Power

१९ , कार्तिक / काभ्रेपलाञ्चोक – भूम्लु गाउँपालिकामा मुलखर्क भिमसेनस्थानमा साँस्कृतिक महोत्सव हुने भएको छ । मंगलबार पत्रकार सम्मेलन गरी प्रथम मुलखर्क भिमसेनस्थान साँस्कृतिक महोत्सव–२०७६ मूल समारोह समितिले कात्तिक २२ र २३ गते दुई दिने महोत्सव हुने जानकारी दिएको हो ।

काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका वडा नं। १ सापिङमा रहेको मुलखर्क भिमसेनस्थान मन्दिरमा ‘प्रथम मुलखर्क भिमसेनस्थान साँस्कृतिक महोत्सव–२०७६’ हुनेभएको हो ।

महोत्सव मुलखर्क भिमसेनस्थान धार्मिक, साँस्कृतिक, पुरातात्विक एवं ऐतिहासिक महत्वबारे प्रचार गर्ने उद्देश्यले आयोजना गरिएको हो । भुम्लुमा रहेको जातिय विविधता, साँस्कृतिक एवं धार्मिक अनेकताको बीचमा पनि मुलखर्क भिमसेनस्थान सबैको आस्था र विश्वासको केन्द्र रही आएको छ । देशको संघीय राजधानीबाट करिब ७० किमीको दुरीमा रहेको यस क्षेत्रको उचित प्रबद्र्धन र विकास गर्न सके धार्मिक पर्यटन एवं अन्य आन्तिरिक पर्यटनका लागि आकर्षक गन्तव्य बन्न सक्ने प्रचुर सम्भावना रहेको समारोहका संयोजक अनिलकुमार बुढाथोकीले बताए ।

‘हरियाली सुन्दरताका सथा भौगोलिक रुपमा उचाई भुभागमा अवस्थित रमणीय भिमसेनस्थान क्षेत्रबाट सूर्योदय, सूर्यास्तको सुन्दर दृष्य सति गणेश, जुगल, गौरीशंकार आदि हिमक्षेत्र, काभ्रे र सिन्धुपाल्चोक जिल्लाको भुभागहरुको नजिक रुपमा दुष्यावलोकन गर्न सकिन्छ । भिमसेनस्थान क्षेत्रमा व्यवस्थित रुपमा पर्यटकीय पर्वाधारको विकास गरी आम रुपमा प्रचार प्रसार गर्न सकिएमा महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुने अवस्था छ ।’ संयोजक बुढाथोकीले भने, ‘यसै कुरालाई मध्यनजर गरी भुम्लुका स्थानीय संघ, संस्था, बुद्धिजीवि, समाजसेवी एवं प्रबुद्ध नागरिकहरुको प्रयासमा स्थानीय सरकार ९भुम्लु गाउँपालिका० को सहयोग, सरसल्लाह, परामर्श एवं स्वीकृतीमा भिमसेनस्थान प्रांगनमा यही मिति २०७६ कार्तिक २२ गते र २३ गते २ दिने प्रथम मुलखर्क भिमसेनस्थान साँस्कृतिक महोत्सव–२०७६ को आयोजना गरेका छौं ।’

महोत्सवको उद्घाटन प्रदेश ३ का भूमी व्यवस्था, कृषि तथा सहरकारी मन्त्री दावादोर्जे लामाले गर्ने छ भने समापन कार्यक्रममा प्रदेश ३ का सांसद लक्ष्मण लम्सालको सहभागीत हुनेछ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको संगीतिक प्रस्तुति हुने छ भने स्थानीय उत्पालनहरुको विक्रि स्टल, स्थानीय अर्गानिक तयारी खाद्य पदार्थहरुको फुडस्टल रहनेछ । जिल्ला कै एक पर्यटकीय क्षेत्र मुलखर्क भिमसेनस्थानको प्रचार प्रसार हुन सकेमा नेपाल भ्रमण वर्ष २०२० को लागि पनि टेवा पुग्ने आयोजकको विश्वास छ ।
पल पलको बाट