Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

आज महरालाई अदालतमा उपस्थित गराइँदै

Thursday, October 31, 2019 National Power

काठमाण्डौ- पूर्व सभामुख कृष्णबहादुर महरालाई बिहिबार काठमाडौं जिल्ला अदालत उपस्थित गराइँदैछ । सरकारी वकिलले अदालतमा अभियोग पत्र दायर गरेपछि आजबाट महराको थुनछेक बहस सुरु हुनेछ । त्यसपछि उनलाई धरौटीमा छोड्ने वा पुर्पक्षका लागि थुनामा पठाइने भन्नेबारे निर्णय हुने बताइएको छ ।

काठमाडौं जिल्ला अदालतले महरा प्रकरणमा अन्तिमपटक थपेको म्याद बुधबार सकिएकोले बिहिबार अदालत उपस्थित गराउन लागिएको हो ।महरामाथि यौन दुर्व्यवहारको आरोप लागेपछि उनलाई पक्राउ गरिएको थियो ।