Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

जनताको मन जित्दै धुलिखेल नगरपालिका

Thursday, October 3, 2019 National Power

१६ , असोज / काभ्रेपलान्चोक – धुलिखेल नगरपालिकाको दशैको कोसेलि गाउँ गाँउमा बससेवा सञ्चालनमा धुलिखेल नगरपालिका वडा नं ८, ९ र ११ को ग्रामिण भेग र बस्तिलाई समेट्दै बस सेवा सञ्चालन भएको छ । गत असोज १३ गते एक औपचारीक कार्यक्रमका साथ यसको उट्घाटन गरिएको हो । जसबाट तीन ओटा वडाको मान्छे प्रत्यक्ष रुपमा लाभान्वित हुन्छन् ।
आफ्नो गाँउदेखि काठमाडैसम्मको यात्रा हुने बस सञ्चालन हुन लागेको हुदा स्थानीयहरु निकै नै हर्सीत भएका छन् । यसलाई स्थानीय सरकारले गरेको ठूलो उपलब्धिको रुपमा लिएका छन् ।

जसमा प्रमुख अतिथि धुलिखेल नगरपालिका मेयर असोक ब्यान्जु विशेष अतिथि उपमेयर विमला शर्मा, धुलिखेल वडा न ८ का वडा अध्यक्ष निराजन जंगम ,९ का वडा अध्यक्ष वसन्त राणाभाट, ११ बा वडा अध्यक्ष विष्णु काभे्रलि र नगरपालिका प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेल, नेकपा काभे्रका नेता एंव समाजसेवि रामकृष्ण हुमागाई,विण्णु मिजार र साधुराम बडालको उपस्थित रहेको थियो ।

कार्यक्रममा स्थानियहरुको बाग्लो उपस्थिति साथै खुसि देखिन्थे । कार्यक्रममा बोल्दै नगर प्रमुख असोक ब्यान्जुले गाउँ र शहर विचको खाल्डो हामिले पुर्दै लगेका जानकारी दिएका छन् ।

बाटो स्तरउन्ति एवम् मर्मतका लागि प्रदेश सभा सदस्य चन्द लामाको सांसद विकास कोषबाट ६० लाख र नगरपालिकाबाट २० लाख बजेट व्यवस्थापन गरिएको थियो ।
बस सेवा सञ्चालनका लागि अरनिको यातायात सेवा समिति र नगरपालिका विच आपसि समझदारीमा बस सेवा सञ्चालन भएको छ ।
– त्रिवेणी सञ्चार डटकम बाट