Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

सम्पादक नबराज बजगाई नगद रकम सहित सम्मानित

Tuesday, October 1, 2019 National Power

१४ , असोज / काभ्रेपलान्चोक – बनेपा श्री निजानन्द कृषि सहकारी संस्थाले सातौ साधारण सभा तथा आफ्नो वार्षीक उत्सव एक कार्यक्रमको बिच आज सम्पन्न गरेको छ ।

रमेश प्रसाद हुमागाईको प्रमुख आतिथ्यतामा सातौ साधारण सभा सम्पन्न भएको हो । सहकारी संस्थाले आफ्नो सातौ वर्ष पुरा गरी आठौ वर्षमा प्रवेश गर्दा संस्थाले धेरै प्रगती बजार व्यवस्थापन गरेको रबिन्द्र नाथ सिक्देले बताउनु भयो ।

बिदुर बा। बस्नेतको सभापतीत्वमा सम्पन्न कार्यक्रममा उत्कृष्ट सियेर सदस्य , जेष्ठ नागरिक तथा नव क्षितिज साप्ताहिकका सम्पादक नवराज बजगाई लागयतका ब्याक्तीहरु लाई नगद रकम सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा मनकामना तथा ढकाल गणेश सहकारी संस्थाका अध्यक्ष बालकृष्ण दाहाल , समाज सेवा बचतका अध्यक्ष अर्जुन प्रसाद हुमागाई , राजेश हुमागाई , राजेन्द्र प्रसाद हुमागाई लगाएका बरिस्ठ ब्याक्तीहरुको बिचमा श्री निजानन्द कृषि सहकारी संस्थाको सातौ साधारण सभा सम्पन्न भएको छ ।