Saturday 14th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

सभामुख महराले पदबाट राजीनामा दिई अनुसन्धानमा सहयोग गर्नुपर्छ : गगन थापा

Tuesday, October 1, 2019 National Power

काठमाण्डौ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले संघीय ससंदका सभामुख कृष्ण बहादुर महरामाथि जवरजस्ती करणी सम्बन्धी लागेको आरोपको निष्पक्ष छानविन हुनुपर्ने बताएका छन्। गम्भीर बिषय भएको हुँदा छानविन भई सत्यतथ्य कुरा सार्वजनिक हुनुपर्ने उनले बताए। कांग्रेस नेता थापाले निष्पक्ष अनुसन्धानका लागि सभामुखले महराले पदबाट राजीनामा दिई अनुसन्धानमा सहयोग गर्नुपर्ने बताए।

File Photo

रिपोर्टस क्लब प्रदेश ५ बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै थापाले सभामुखले पदबाट बाहिर रहेर निष्पक्ष छानविन गर्न सहयोग पुर्‍याउनुपर्ने सुझाव दिए। महराको आरोपको बिषयलाई नेपालको प्रचलित कानुनमा रहेर घटनाको छानविन गर्नु पर्ने थापाको धारणा छ।

कानुनभन्दा माथि कोही हुँदैनु, उनले भने, आम मानिस जस्तै महरामाथि पनि अनुसन्धान हुनुपर्छ। सभामुख महरालाई लागेको आरोप सुनेपछि आफूपनि स्तब्ध बनेको थापाले बताए।” विज्ञप्तीको भरमा घटना डिसमिस गर्ने प्रयास नहोस् , थापाले भने, तल्लो तहसम्म गएर अनुसन्धान हुनुपर्छ र सभामुखले यो समयसम्म पदबाट अलग भएर प्रशासनलाई अनुसन्धान गर्न सहयोग गर्नुपर्छ।

पछिल्लो घटना क्रमबाट नेपाल प्रहरीले आफ्नो शाख गुमाएको थापाले आरोप लगाउँदै प्रहरीले आफ्नो शाख कायम गर्नको लागि यो मौंकासमेत रहेको बताए। सबैको आँखा अब प्रहरी प्रशासनमा रहेको छ, थापाले भने, प्रहरीले कसरी अनुसन्धानलाई अगाडी बढाउँछ भनेर जनताले हेरिरहेका छन्।