Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

गायिका भट्टराईको बदनाम सार्वजनिक

Sunday, September 22, 2019 National Power

६ , असोज / काभ्रेपलान्चोक – बनेपा गायिका इन्दिरा भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ । सुमन थापा मगरको शब्द रहेको उक्त गीतमा लछु प्रकाश मल्लले संगीत गरेका छन् । गीतमा संगीत संयोजन पनि सोही गीतका संगीतकार मल्लले नै गरेका छन् ।

गायनका रुपमा आफ्नो फरक पहिचान बनाएकी इन्दिराले यो गीत मार्फत अभिनयमा पनि आफ्नो उपस्थिती जनाएकी छिन् । आर्यन बिमलीको निर्देशन तथा छायांकन रहेको गीतको भिडियोमा गायिका आफैले अभिनय गरेकी हुन् ।

वियोगान्त भावमा प्रस्तुत गरिएको गीतमा गायिका भट्टराईलाई इश्वर खड्काले अभिनयमा साथ दिएका छन् । सार्वजनिक गीतको म्यूजिक भिडियोलाई दीपक जोशीले सम्पादन गरेका हुन् ।