Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

अम्बानीका दुई बुहारीः नीता चर्चित, टीना गुमनाम

Wednesday, September 18, 2019 National Power

एजेन्सी -एसियामा नै धनी परिवारमा गनिन्छ अम्बानी परिवार । धीरुभाई अम्बानीले सुरु गरेको व्यवसायले उनलाई त सम्पन्न बनायो नै उनको व्यवसायलाई निरन्तरता दिएका मुकेश अम्बानी र अनिल अम्बानी पनि उत्तिकै सम्पन्नशाली छन् ।

धीरुभाईका दुई छोराहरु मुकेश र अनिल अम्बानी व्यवसाय र सम्पत्तिका कारण त चर्चित छँदैछन् साथसाथै उनीहरु सम्बन्ध, पारिवारिक स्थिति र अन्य विभिन्न कारण चर्चामा आउने गर्छन् । यसैबीच, उनीहरुको श्रीमतीको विषयमा पनि समय समयमा विभिन्न गसिपहरु सुन्नमा आउने गर्छ । विवाह पश्चात मुकेश अम्बानीकी श्रीमती नीता अम्बानी धेरै चर्चामा छिन् भने अनिल अम्बानीकी श्रीमती टीना अम्बानी गुमनाम जस्तै छिन । गुजरानी जैन परिवारमा जन्मिएकी टीना मुम्बईमा हुर्किएकी हुन् । उनी जीवनका सुरुवातीमा ग्ल्यामर्स जीवन बाँच्न मन पराउँथिन् । सन् १९७५ मा उनले इन्टरनेशनल टीन प्रिन्सेस कान्टेस्टमा भारतको प्रतिनिधित्व गरेकी थिइन् र उनले मिस फोटोजेनिक र मिस बिकिनी अवार्ड जितेकी थिइन । उनको बिकनी एक्टबाट प्रभावित भएका देव आनन्दले उनलाई फिल्म ‘देश प्रदेश’ मा डेब्यू गराएका थिए । उनको फेशन र सुन्दरताबाट प्रभावित भएका अनिल अम्बानीले उनीसँग विवाह गर्ने फैसला गरे । विवाहलगत्तै उनले फिल्मी संसारलाई बाईबाई गरिन् ।

अहिले उनी कुर्ता–सलवार र सारीमा मात्रै देखिन्छिन् । कहिले काहीँमात्रै गाउन र छोटो पहिरनमा देखिने टीना मेकअप र ड्रेसअप आफ्नो लागि आफै गर्न मन पराउँछिन् । मुकेश अम्बानीकी पत्नी नीता अम्बानी पनि बारम्बार चर्चामा आउने गर्छिन् । मुकेश धनी परिवारका भएपनि निता भने सामान्य परिवारबाट आएकी हुन् । अहिले सामाजिक सञ्जालमा उनी आफ्ना महङ्गा साडीका कारण चर्चामा आउने गर्छिन् । कुनै समय ८०० रुपैँया कमाई गर्ने नीता अहिले करोडौँ रुपैयासँग खेल्छिन् । मुकेश र निताको प्रेमकथा पनि उनीहरुको जीवन जस्तै रोचक रहेको छ ।

मुकेश अम्बानी भारतका सबैभन्दा धनी परिवारका भएपनि सामान्य परिवारबाट आएकी नीताले उनीसँग विवाह अघि ठूलो शर्त राखेकी थिइन् । नीतालाई मुकेशका लागि उनका पिता धिरुभाइ आफैँले चुनेका थिए । निताले मुकेशका अगाडि आफू जति नै ठूलो खानदानको बुहारी बनेपछि विवाहपछि पनि एउटा सामान्य जीवन बिताउने र आफ्नो जागिरलाई पनि निरन्तरता दिइरहने शर्त राखेकी थिइन् ।