Wednesday 29th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

एनसेलको मैले नाम पनि सुनेको छैन: सभापति देउवा

Saturday, September 14, 2019 National Power

दाङ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि हालतमा राजतन्त्र नफर्किने बताएका छन् । दाङको तुलसीपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै देउवाले ठूलो संघर्षबाट फालिएको राजन्त्र फेरि फर्कन्छ भन्नु गलत भएको बताए छन्। ‘कुनै पनि हालतमा राजतन्त्र फर्किदैन’, उनले भने, ‘यो हल्ला मात्रै हो ।’

Ser Bd. Deuba

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले एनसेल र वाइडबडीका विषयमा आफ्नो नाम जोडिएको प्रति आपत्ति जनाए । उनले भने, ‘एनसेलको मैले नाम पनि सुनेको छैन “। वाइडबडीका विषयमा पहिलो पटक कुरा उठाउने म नै हुँ ।’

प्रदेश राजधानीबारे सोधिएको प्रश्नमा उनले दाङमा उचित संरचना नहुँदा प्रदेश नं ५ को अस्थायी राजधानी बुटवल तोकिएको बताए । उनले अघि भने, ‘मुख्यमन्त्री दाङकै हुनुहुन्छ, यो विषयमा उहाँलाई नै सोध्नुस् ।’ साथै देउवाले बाँके कांग्रेस सभापतिसहितका नेता तथा कार्यकर्तामाथि भएको आक्रमणमा संलग्नलाई कारवाही गर्न सरकारसँग माग गरे ।