२५ , भदौ / काभ्रे – बनेपा काभ्रेलि कलाकार समाजमा रहेका सम्पुर्ण कलाकारले दिनानु दिन गित संगीतमा नयाँ नयाँ र जनचेतना मुलक गित बजारमा ल्याएको पाईन्छ ।
समाजका कला गला रचनात्मक र संस्कृतिमा आएको बिकृतिलाई निर्मुल पार्ने निर्णयको साथमा काभ्रेली कलाकार समाजको निर्माण भएको हो । पछिल्लो समयमा यस सस्था बाट भएका कामहरुले अग्रज कलाकार तथा पत्रकार र दर्शकहरुको मनमा बस्न सफल भएको पाईन्छ ।
काभ्रेली कलाकार समाजमा काभ्रे जिल्ला भित्रकै कलाकारहरुमा एक रुपता ल्याउनको लागि स्थापन भएको हो । उक्त काभ्रेली कलाकार समाजका अध्यक्ष सबिन गौतम , बरिस्ठ उपाध्यक्ष केदार न्यौपाने , महिला उपाध्यक्ष मिश्रा काफ्ले , उपाध्यक्ष शरण हुँमागाई , महासचिब भुवन चौलागाई , सचिब सविना चौलागाई , कोषाध्यक्ष सुरेश गौतम र सह कोषाध्यक्ष सपना कुँवर लगायत २२ जनाको कार्य समिती गठन गरिएको पाइएको छ ।
नियमित कार्यहरु अन्तर्गत विगत देखि वर्तमान सम्म काभ्रेकै कलाकारहरु मिलेर बिभिन्न सिर्जना दिने क्रममा आँसु झारी झारी , पेरुङ्गो , नाच्ने ले नाचम , जवानी उम्केर गैजाला , बारुले कम्मर , धुम मच्याउदै , छम छम , पानी खोलाको , च्यान्टी मोरि , हाँस्ने खेल्ने , घर झगडा ३ , माछी तालैमा , छोरी , कलि बलेको , औँठी हिराको , कति रौली हे मेरो सानुले ,दिदी भाइ , दुई कर्मको फल , आदि सिर्जनाहरु सामाजिक संजाल बाट सर्बत्र बजारमा उपलब्ध भएको काभ्रेली कलाकार समाजका अध्यक्ष सबिन गौतमले बताएका छ्न ।
नकरात्मक सोच र बिचार लाई सकरात्मक सोच र बिचारले परिवर्तन गरे मात्रै सिङ्गो संस्थाको भबिश्य सबल र सक्षम हुने सबिन गौतम, युवराज चौलागाई, लक्ष्मण भण्डारी, नबराज गौतम, केदार न्यौपाने र शरण हुँमागाईले बताउनु भयो ।