Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

पनौतीमा पुजिए ३०८ कुमार

Thursday, September 5, 2019 National Power


पनौती – ऐतिहासिक नगरी पनौतीमा हालै ३०८ कुमार पुजिएको छ । पनौती युवा मञ्च र पनौती बोलबम परिवारको संयुक्त आयोजनामा ३०८ कुमारहरुको पुजा गरिएको छ ।
ऐतिहासिक नगरी पनौतीमा नेवारी परम्परा अनुसार गणेश चतुर्थीका दिन कुमारहरुलाई पुजा गरिएको हो । यसरी कुमार पूजा गर्दा बच्चाहरु निरोगी र दिर्घायु हुने कथन रहेको पाइन्छ । बच्चाहरु निरोगी बनाउनुका साथै आफ्ना धार्मिक आस्थाका कारण कुमार पुजा गर्ने परम्परा रहेको पनौत बोलबमका सल्लाहकार अनिल श्रेष्ठले जानकारी दिए । हामी माझ विविध संस्कृति अनि संस्कार रहेका छन् ती मध्ये एक कुमार पूजा रहेकोले यस संस्कार र परम्परा धान्नलाई कुमार पूजा गरिएको सल्लाहकार श्रेष्ठ बताउँछन् ।
पनौतीमा करिव ८ दशक अघिसम्म कुमार पुजाको प्रचलन रहे पनि विगत ८ दशकदेखि रोकिएको यो संस्कार, परम्परा संस्कृति अघिल्लो वर्षबाट पुन सुरु भएको हो । पनौतीका युवाहरूले अघिल्लो वर्षदेखि यस परम्परालाई निरन्तरता दिदै यसवर्ष ३०८ कुमार पूजा गरिएको सल्लाहकार श्रेष्ठ बताउँछन् । आयोजकका अनुसार पनौतीमा चलिआएका धर्म र संस्कृतिको जगेर्ना गर्न धार्मिक क्षेत्रमा सक्रिय यूवाहरुले कुमार पुजा आयोजना गरेको हो ।
जस्तोसुकै परिस्थिति आए पनि अब पनौतीको कुमार पूजा नरोकिने आयोजकले जनाएको छ । पनौतीमा चलिआएका संस्कृति तथा लोपन्मुख रीतिरिवाज ,कला र संस्कृतिको जगेर्ना गर्न हरदम तत्पर रहने समेत सल्लाहकार श्रेष्ठले बताए । यसरी कुमार पुजा गर्नाले भविष्यमा हुने क्षतिमा कमि हुने र धार्मिक रुपमा विजय प्राप्त हुने जनविश्वास स्थानीयमा रहेको छ