Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

मदरल्याण्डमा साइबर अपराध सचेतना

Thursday, September 5, 2019 National Power


१९ , भदौ / काभ्रेपलान्चोक – बनेपा विद्यार्थीहरुलाई समयोपयोगी एवं व्यवहारिक शिक्षा प्रदान गर्दै आएको मदरल्याण्ड स्कूलका विद्यार्थीहरुलाई मानव बेचबिखन एवं लागु औषध तथा साइबर क्राइम सम्बन्धी अभिमुखिकरण दिइएको छ ।
सूर्यविनायक नगरपालिका वडा नं। ९ का वडाध्यक्ष उपेन्द्रराज केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महानगरीय प्रहरी वृत्त जगाति भक्तपुरका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले मानव बेचबिखन एवं लागु औषध तथा साइबर क्राइम सम्बन्धी प्रशिक्षण दिएका थिए । प्रनाउ जोशीले प्रशिक्षणका क्रममा पहिलो नम्बरमा लागु औषध, दोस्रोमा हातहतियार र तेस्रो नम्बरमा मानब बेचबिखन अपराधले विश्वलाई नै आतंकित बनाइरहेकोले यसलाई न्युनिकरण गर्न हामी सबै सचेत हुन आवश्यक रहेको बताए मदरल्याण्ड स्कुलका प्रिन्सिपल संजय खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा जोशीले अनेक थरी प्रलोभन देखाइ बेचबिखनमा सक्रिय रहेकाहरुको संजाल नै भएको हुनाले सबै सजग रहे यस्ता अपराध न्युनिकरण हुने धारणा राख्दै विद्यार्थीहरुले अभिमुखिकरणबाट पाएको ज्ञानलाई आफ्ना घर, समाजमा समेत बाँड्न आग्रह गरे । यस्तै प्रमुख अतिथि सूर्यविनायक नगरपालिका ९ का वडाध्यक्ष उपेन्द्रराज केसीले यस किसिमका कार्यक्रम प्रत्येक विद्यालयमा आवश्यक रहेको बताए । केसीले विद्यार्थीमा यस्ता कार्यक्रम प्रभावकारी हुने र यस किसिमको कार्यक्रमले समाजका लागि घातक यस्ता अपराध न्युनिकरण हुने अपेक्षा राखेको धारणा राखे । कार्यक्रममा प्रहरी निरीक्षक झलक शर्मा र प्रहरी सहायक निरीक्षक आश्था सुवालले सहजीकरण गरेका थिए ।
मदरल्याण्ड स्कुलले बेला बेलामा विद्यार्थी तथा अभिभावकलाई जीवनोपयोगी शिक्षा दिने उद्देश्यले प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम आयोजना गर्दै आएको छ । प्रिन्सीपल खड्काले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिदै यस किसिमको व्यवहारिक शिक्षा पनि आवश्यक रहेको बताए ।
खड्काले मदरल्याण्डले प्रेरणामुलक अभिमुखिकरण कार्यक्रम हरेक वर्ष आयोजना गर्दै आएको बताए । खड्काले विद्यार्थीलाई असल संस्कारको विकास गराउनु पर्ने र गलत संगत एवं कुलतमा लाग्न नियन्त्रण गर्नको लागि समेत अभिमुखिकरण उपयोगी हुने बताए ।
साथै सोहि कार्यक्रममा सामाजिक विकास मन्त्रालय अन्तर्गत बालविवाह मुक्त ३ नं प्रदेश अभियान सहजकर्ता, भक्तपुरका दिपेश बिसुङ्केले बालविवाह विरुद्ध विद्यार्थीहरुको लागि सहजीकरण गरेका थिए ।