काभ्रे – बनेपा हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको अवसर परेर बेथानचोक गाउँपालिकाको स्थानीय कलाकारले तिज विशेष कार्यक्रम सम्पन्न गरेका छ्न ।
महिलाहरुको महान पर्व हरितालि तिज आउन केही दिन मात्र बाँकी छ । केही दिन मात्र बाँकी रहदा बेथानचोक गाउँपालिकाको कलाकारले अरु गाउँपालिका तथा नगरपालिकाको कलाकारले आयोजना गर्ने नसकेको काम बेथानचोक गाउँपालिकाको कलाकारले गरेका छ्न । बेथानचोक गाउँपलिका अध्यक्षको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कलाकारहरुले तिज लाई माध्यनजर गर्दै बेथानचोक तिज धमाका २०७६ कार्यक्रम आयोजना गरेका थिए । स्थानीय कलाकारको साथै राष्ट्रिय कलाकारहरुको पनि सहभागिता रहेको थियो । गणेश केसि , भगवान खत्री बिक्रम गौतम , मानव राज , पाल्देन लामा अशोक तामाङ , अमर कृष्ण चन्द , सोनिया डिसि लगायतका चर्चित कलाकारको साथमा स्थानीय प्रतिभाहरुको बेजोड प्रस्तुतिमा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम यहीँ भदौ १४ गते शनिबारका दिन श्री कालिका माबि बेथानचोक गाउँपालिका ४ पटिखर्कमा स्थानीय कलाकारको आयोजनामा बेथानचोक तिज धमाका २०७६ कार्यक्रम सम्पन्न भएको थियो ।