Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

काभ्रेमा फेस्ट फेसन सो सम्पन्न

Sunday, September 1, 2019 National Power

१५ , भदौ / काभ्रेपलान्चोक – बनेपा एल एण्ड एन मोडल एजेन्सीको आयोजनामा फेस्ट फेसन सो शनिबार बनेपा पार्टी भेनुमा सम्पन्न भएको छ । यस पटक महिलाहरुको महान चाड तिजलाई परेर आफ्नो दोस्रो सिजन बनेपामा गरेको र पहिलो पटक स्पोर्ट्स वेअर ड्रेसहरु समेत प्रस्तुत गरि समाजमा छुट्टै किसिमको फेसन सो आयोजना गरेका एल एण्ड एन मोडल एजेन्सीका प्रबन्ध निर्देशक नितिन कर्ण कायस्थले बताए ।

काठमाडौ लगायत जनकपुर, बर्दिबास, मिर्चैया र लहानमा समेत यस संस्थाले फेसन सो आयोजना गरीसकेको भन्दै काभ्रेको बनेपामा लाईभ कन्र्सर्ट सँगै फेसन सो भव्यता र सव्यताका साथ सम्पन्न भएको आयोजकले बताएका छन् ।

उक्त कार्यक्रममा प्रमुख आतिथिको रुपमा बनेपा नगरपालिकाका मयेर लक्ष्मी नरसिंह श्रेष्ठ रहेका थिए । साथै विभिन्न मिडियाकर्मी, कलाकार, समाजसेवी र बुद्धजिवीहरुको पनि उपस्तिथी थियो ।

काभ्रे फेस्ट २०१९ को फोटो कन्टेस्टमा प्रथम भूमिका आचार्य, फस्ट रनरमा निशा थापा र सेकेण्ड रनरमा रोहण श्रेष्ठ रहेको आयोजकले जानकारी दिएका छन् । यस कार्यक्रम पश्चात आर्को कार्यक्रम बर्दिबासमा गर्ने जानकारी गराएको छ । कार्यक्रममा ५०० भन्दा बढी दर्शकहरुको आगमन रहेको थियो ।