१५ , भदौ / काभ्रेपलान्चोक – बनेपा एल एण्ड एन मोडल एजेन्सीको आयोजनामा फेस्ट फेसन सो शनिबार बनेपा पार्टी भेनुमा सम्पन्न भएको छ । यस पटक महिलाहरुको महान चाड तिजलाई परेर आफ्नो दोस्रो सिजन बनेपामा गरेको र पहिलो पटक स्पोर्ट्स वेअर ड्रेसहरु समेत प्रस्तुत गरि समाजमा छुट्टै किसिमको फेसन सो आयोजना गरेका एल एण्ड एन मोडल एजेन्सीका प्रबन्ध निर्देशक नितिन कर्ण कायस्थले बताए ।
काठमाडौ लगायत जनकपुर, बर्दिबास, मिर्चैया र लहानमा समेत यस संस्थाले फेसन सो आयोजना गरीसकेको भन्दै काभ्रेको बनेपामा लाईभ कन्र्सर्ट सँगै फेसन सो भव्यता र सव्यताका साथ सम्पन्न भएको आयोजकले बताएका छन् ।
उक्त कार्यक्रममा प्रमुख आतिथिको रुपमा बनेपा नगरपालिकाका मयेर लक्ष्मी नरसिंह श्रेष्ठ रहेका थिए । साथै विभिन्न मिडियाकर्मी, कलाकार, समाजसेवी र बुद्धजिवीहरुको पनि उपस्तिथी थियो ।
काभ्रे फेस्ट २०१९ को फोटो कन्टेस्टमा प्रथम भूमिका आचार्य, फस्ट रनरमा निशा थापा र सेकेण्ड रनरमा रोहण श्रेष्ठ रहेको आयोजकले जानकारी दिएका छन् । यस कार्यक्रम पश्चात आर्को कार्यक्रम बर्दिबासमा गर्ने जानकारी गराएको छ । कार्यक्रममा ५०० भन्दा बढी दर्शकहरुको आगमन रहेको थियो ।