Friday 24th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

बिहेको आवरणमा नेपाली युवतीको चीनमा तस्करी, १० जना पक्राउ

Friday, August 30, 2019 National Power

काठमाडौं – नेपाली युवतीलाई विवाहको प्रलोभनमा चीनमा तस्करी गर्ने गिरोह पक्राउ परेको छ । प्रहरीको मानव बेचबिखनविरुद्धको ब्युरोले ४ जना पीडित महिलाको उद्धार गरेको हो भने ६ नेपाली र ४ जना चिनियाँ नागरिक गरी १० जनालाई पक्राउ गरेको हो ।

ब्युरोका प्रमुख एसएसपी ईश्वर कार्कीका अनुसार पक्राउ पर्ने नेपाली नागरिकमा सिन्धुपाल्चोककी रिना तामाङ भनिने बिबिरानी तामाङ, नुवाकाटका रोज तामाङ, लमजुङकी पार्वती गुरुङ, अमृता गुरुङ, भरत तामाङ र उषाकुमार घिमिरे छन् ।

त्यस्तै, चिनियाँ नागरिक जेङ सियाङ डोङ, ज्याङ डोङ हुइ, क्वान ग्याङ पिङ र क्वीन लियाङ छन् । चिनियाँ नागरिकले नेपाली युवतीसँग अदालती विवाह गरेर विवाह दर्ता समेत बनाएर चीन लग्ने गरेको देखिएको कार्की बताउँछन् ।

उनका अनुसार अभियुक्तको साथबाट १२ वटा मोबाइल, करिब २२ लाख नेपाली रुपैयाँ, चिनियाँ यूआन २ हजार ३ सय र अमेरिकी डलर १ सय ९० बरामद भएको छ ।

प्रहरीका अनुसार यसअघि पहिलो पटक ०७१ सालमा नेपाली युवतीलाई यही शैलीबाट विवाह गरेर चीन र दक्षिण कोरिया पठाउने समूहलाई केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले समातेको थियो । यो प्रकृतिको मानव तस्करीलाई ‘ब्राइड बाइङ’ भनिने ब्युरोका एसपी गोविन्द थपलिया बताउँछन् ।