Thursday 13th November 2025

    एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध    आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न    ‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक     १४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव ठमेलमा हुने    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने

बेथानचोक गाउँपालिकामा तिज धमाका – २०७६ कार्यक्रम

Thursday, August 29, 2019 National Power

अरबिन्द्र गौतम / काभ्रेपलान्चोक
१२ , भदौ / काभ्रे – बनेपा
हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको अवसर परेर बेथानचोक गाउँपालिकाको स्थानीय तथा राष्ट्रिय कलाकारले तिज विशेष कार्यक्रम गर्ने लागेको कलाकार गणेश केसिले बताएका छन् ।

महिलाहरुको महान पर्व हरितालिका तिज आउन केही दिन मात्र बाँकी छ । केही दिन मात्र बाँकी रहदा बेथानचोक गाउँपालिकाको कलाकारले अरु गाउँपालिका तथा नगरपालिकाको कलाकारले आयोजना गर्ने नसकेको काम बेथानचोक गाउँपालिकाको कलाकारले गर्दै छ्न ।

बेथानचोक गाउँपलिकाको कलाकारहरुले तिज लाई माध्यनजर गर्दै बेथानचोक तिज धमाका २०७६ कार्यक्रम आयोजना गरेका छन् । स्थानीय कलाकारको साथै राष्ट्रिय कलाकारहरुको पनि सहभागिता रहने कार्यक्रमको आयोजक टिमले जानकारी दिएको छ ।

गणेश केसि , भगवान खत्री बिक्रम गौतम , मानव राज , पाल्देन लामा अशोक तामाङ , अमर कृष्ण चन्द , सोनिया डिसि लगायतका चर्चित कलाकारको साथमा स्थानीय प्रतिभाहरुको बेजोड प्रस्तुति रहनेछ ।
कार्यक्रम यहीँ भदौ १४ गते शनिबारका दिन श्री कालिका माबि बेथानचोक गाउँपालिका ४ पटिखर्कमा स्थानीय कलाकारको आयोजनामा बेथानचोक तिज धमाका २०७६ कार्यक्रम हुन लागेको हो ।